काठमाडौ,१७ असोज । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज पूरक परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परिक्षा सञ्चालन हुने जानकारी गराएको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थी नै उक्त पूरक परीक्षामा समावेश हुनेछन् ।
बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका थिए । तीमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेडबृद्धीका लागि परिक्षा दिन पाउनेछन् ।परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.