नेकपा गुल्मीद्वारा गुल्मीका विभिन्न ठाँउमा राजनीति भेटघाटसँगै कमिटी गठन

डेली न्युजराप्ती       २८ चैत्र २०७८ ०९:२३ मा प्रकाशित     290 No Comments


गुल्मी । नेपाल कम्युनिस्ट पार्टी गुल्मीको सत्यवती गाउँपालिका वडा नं.४ मा सेल कमिटी गठन गरेको छ । सन्देशको नेतृत्वमा २५ सदस्यीय सेल कमिटी गठन गरिएको हो । भेलालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी सुमनले स्थानीय चुनावमा एमसीसी पक्षधर उम्मेदवारलाई पराजित गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसीका दलालहरूलाई जिल्लाबाट लखेट्नुपर्ने बताउदै देशभक्त जनपक्षीय उम्मेदवारको पक्षमा मतदान गर्न जनतालाई अपिल गर्नुभएको छ । नेकपा जिल्ला सल्लाहकार पुरूसोत्तम अधिकारीले क्रान्तिकारी पार्टी निर्माणका लागि युवाहरू पार्टीमा जोडिनुपर्ने बताउनुभयो ।नेकपा गुल्मीले पुराना वामपन्थी अगुवाहरू स्थानीय नेता कार्यकर्तासँग भेटघाटलाई तीब्रता दिएको छ । यसक्रममा जनयुद्धका सांस्कृतिक सहिद मनोजको बुवा बिरामी भएकोले उहाँको उपचारका लागि पार्टीले आर्थिक सहयोग समेत गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ४ लिम्घामा विभिन्न राजनीतिक दल, बुद्विजीवि, शिक्षक, स्थानीय कर्मचारी,सामाजिक अगुवाहरू,भर्भराउँदो नौजवान युवाहरू,स्थानीय जनता र लिम्घाकै सरस्वती माविका ८० जना बिद्यार्थीसित राजनीतिक भेटघाट र विमर्श गरेको छ । त्यसैगरी धुर्कोट जैसिथोकमा पार्टीले श्रम समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार