हेमन्त प्रकाश ओली ।
चैत्र ६ , तुलसीपुर । शान्तिनगर – २ को विष्णुपुर सामुदायिक वनको अध्यक्षमा इन्द्र बहादुर वली निर्वाचित हुनुभएको छ ।
सोमबार वनको कार्यालयमा भएको एक औपचारिक कार्यक्रमले वलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सामुदायिक वनको उपाध्यक्षमा डम्मर खत्री , सचिवमा शुसिला विक र कोषाध्यक्षमा डम्मर वली सर्वसम्मत चुनिएका हुन् । उपभोक्ता समितिको सदस्यहरुमा क्रमश सिला केसि , मिना रेउले , बिरभान खत्री , सर्मिला बोहोरा , तिलसरा बिक , कर्ण बहादुर परियार र इन्द्रा चौधरी रहेका छन् ।
बाघमारे विष्णुपुर सामुदायिक वन उपभोक्ता समुहकी कार्यालय सचिव रिता गिरिले कार्यक्रम सहजीकरण गरेकी थिइन् ।
नवनिर्वाचित सामुदायिक वनको कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य शान्तिनगर – २ का वडा अध्यक्ष शुनिल वलीले व्यक्त गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.