मजदुर जागरण अभियान दाङमा

डेली न्युजराप्ती       १९ पुष २०७८ १०:२९ मा प्रकाशित     515 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश समितीद्वारा संचालित मजदुर जागरण अभियान दाङमा आइपुगेको छ।

लुम्बिनी प्रदेशको बुटवलबाट उद्घाटन गरिएको जागरण अभियान लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा संगठन सुदृढ,बिस्तार,मजदुर भेटघाट तथा छलफल गर्दै दाङ आएको संगठनका केन्द्रिय समितिका सदस्य संजयले जानकारी दिनुभयो।
मजदुर जागरण अभियान अन्तर्गत दाङको देउखुरी क्षेत्रका मजदुरहरु संग जन भेटघाट,छलफल तिब्र ढंगले गरिरहेको नेता संजयले बताउनुभयो।
काठ,फर्निचर उधोग लगाएतका विभिन्न उधोगहरुमा राजगारी गरिरहेका मजदुरहरु संग व्यापक छलफल,समसामयिक राजनितिक परिवेश,जनमतसंग्रहको एजेन्डा र मजदुरको हक,हित र अधिकारका बिबिध विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार