थबाङमा नेकपाका महासचिव विप्लवलाई भव्य स्वागत , आज दिउँसो १२ बजे जनसभा हुँदै 

डेली न्युजराप्ती       ८ मंसिर २०८० ०७:२७ मा प्रकाशित     89 No Comments

प्रकाश डुम्रे

थवाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेतृत्वलाई बिहिवार रोल्पाको थवाङमा भव्य स्वागत गरिएको छ । शुक्रबार रोल्पाको थवाङमा आयोजित पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न थवाङ पुगेका विप्लवलाई थवाङका स्थानीयले भव्य गाजाबाजासहित स्वागत गरेका हुन् ।जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङ जाने क्रममा विप्लवले रोल्पाका विभिन्न ठाउँमा अगुवा कार्यकर्ता तथा जनता भेटघाट गर्दै थवाङ पुगेका हुन् ।

पार्टी पूर्नगठन दिवसको अवसरमा जनयुद्धको केन्द्र थवाङ झकिझकाउ बनाइएको छ । ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ । थवाङका जनताले महासचिव विप्लवलाई फुलमालाले स्वागत गरेका थिए । मङ्सिर ८ गते रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव, स्थायी समिति सदस्य विषम सी, अनिल सी, पिविएम आदर्श सी, असल सी लगायतका नेताहरू थवाङ पुगेका हुन् ।

शुक्रबार आज दिउँसो १२ बजे थवाङ ठुलो गाउँमा पार्टीको बृहत् जनसभा आयोजनाको तयारी सकिएको पार्टी केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार