नेकपाका प्रवक्ता प्रकाण्ड विरुद्ध राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश, तिन बुदे सहमती विरुद्ध सरकार!

डेली न्युजराप्ती       ९ मंसिर २०८० १६:११ मा प्रकाशित     103 No Comments

काठमाडौँ । सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमति बिपरित नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी माथि गम्भीर षड्यन्त्र सुरु भएको छ । बाँके जिल्ला अदालतमा खडा गरिएको संगठिन अपराधको मुद्धामा अदालत मार्फत राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश गराएको जानकारी प्राप्त भएको छ । बाँके जिल्ला अदालतले प्रवक्ता प्रकाण्ड सी को नाममा जारी संगठित अपराधको मुद्धामा पक्राउ पुर्जी काट्दा पनि बेपत्ते तामेली भएको भन्दै राष्ट्रिय पत्रिकामार्फत म्याद तामेल गर्नु भनि आदेश दिएको छ । प्राप्त जानकारी अनुसार जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले गत कार्तिक २४ गते गरेको आदेशमा पक्राउ पुर्जीमा बेपत्ते तामेली भएकाले त्यसलाई बदर गरी राष्ट्रिय पत्रिका मार्फत म्याद तामेली प्रकाशित गर्नु भनिएको छ ।आदेशमा भनिएको छ – “अब निज प्रतिवादीको नामको पक्राउ पूर्जी मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ५८ (१३) वमोजिम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरी म्याद तामेल गर्नु र लाग्ने दस्तुर बादी नेपाल सरकारबाट लिनु । रितपूर्वक म्याद तामेल भई निज प्रतिवादी म्याद भित्र उपस्थित भए वा गुजारे नियमानुसार गरी पेश गर्नु ।”अदालतको आदेशमा थप भनिएको छ – “प्रतिवादी खड्कबहादुर विश्वकर्माको नाममा जारी भएको म्याद निज प्रतिवादी फेला नपरी एकाघरको घर परिवारले बुझ्न नमानेको र घरदैलोमा पनि टाँस गर्न नदिको भनि असोज १८ गते बेपत्ते तामेल मै आएको देखिदा पक्राउ पुर्जी बदर गरि पत्रिकामा म्याद तामेल प्रकाशित गर्नु। ”अदालतका एक कर्मचारीका अनुसार यहि मंसिर ११ गतेको सोमवारको गोरखापत्रमा म्याद तामेल प्रकाशित हुने छ ।जनताको परिवर्तनको आन्दोलनमा निरन्तर लागेका क्रान्तिकारी एक नेता माथि चार वर्ष अघिदेखि षड्यन्त्रपूर्व संगठित अपराधको मुद्धा लगाउनु र कहिले पक्राउ पूर्जी त कहिले म्याद तामेलीको कुरा गरिनु परिवर्तन विरोधीको चलखेल भएको नेकपाको बुझाई छ ।यसविषयमा नेकपाका प्रवक्ता प्रकाण्ड सीले गम्भीर आपत्ति प्रकट गर्दै यो सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिको ठाडो उलंघन भएको उल्लेख गर्दै क्रान्तिकारी जनताको नेतामाथिको षड्यन्त्र भएकोले यस्तो कृयाकलाप तुरुन्त बन्द गरिनु पर्ने बताए ।उनले अग्रमन,परिवर्तन विरोधी र तीन बुँदे सहमति विरोधीहरुको षड्यन्त्रको उपज भएको प्रतिक्रिया दिंदै देशी विदेशी दलाल तथा परिवर्तनका विरोधी शक्तिहरुको षड्यन्त्र भएको र सबै सचेत हुनु पर्ने बताए ।

स्मरणीय छ , सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । जसमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेज गर्ने र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । यो सहमति नेपाल कम्युनिस्ट पाटीले अक्षरशः पालना गरिराखेको छ भने सरकारले नेकपामाथि लगाएको प्रतिबन्धबाहेक अन्य बुँदाहरु हालसम्म कार्यान्वयन गरेको छैन । जसका कारण अहिले पनि नेकपाका कयौँ नेता, कार्यकर्ताहरु जेल र हिरासतमा छन् भने कैयौँ कार्यकर्ता भूmठा मुद्दा झेलिरहेका छन् । सरकारले यस्तो हर्कत गर्दासमेत नेपाल कम्युनिष्ट पार्टी धैर्यवान हुँदै तीन बुँदे सहमति कार्यान्वयन गर्नका लागि सरकारलाई पटक पटक आग्रह गरिरहेको छ भने सरकारले बिभिन्न बहानाबाजी गर्दै सहमति कार्यान्वयन गर्न ढिलाई गरिरहेको छ ।यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी विरुद्ध बाँके जिल्ला अदालतमा खडा गरिएको संगठिन अपराधको मुद्धामा अदालतमार्फत राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश दिनु तीन बुँदे सहमतिको गम्भीर उल्लंघन हो । यो सरकारको हद दर्जाको राजनीतिक बेइमानी, शान्ति र राजनीतिक स्थिरता विरोधी तथा देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्र हो । जुन देश र जनाताको लागि ज्यादै दुखद र निन्दनीय कार्यसमेत हो । सरकारको यस्तो हर्कतले नेकपाको धैर्यताको बाँध फुट्न सक्छ । तसर्थ, सरकारले नेपाल कम्युनिष्ट पार्टीको धैर्यता र पटक पटकको आग्रहलाई नजरअन्दाज गर्नु हुँदैन । नेकपालाई सहमतिको नाममा सिध्याउने देशी–विदेशी षड्यन्त्रकारी र दलालको चङ्गुलमा सरकार फस्नु हुँदैन । यदि सरकार देशी – विदेशी दलाल र प्रतिक्रियावादीको गोटी बनेर नेकपालाई सिध्याउन खोज्छ भने त्यसको महँगो मूल्य चुकाउनु पर्ने देखिछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार