बैशाख ९,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम दाङ शाखा तुलसीपुरमा फलफुल वितरण गरिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर कमिटीले नेकपाको ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा आश्रममा फलफूल वितरण गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यतामा आश्रममा बसिरहेका करिव ६० जनालाई ५ हजार रुपैयाँ बराबरको फलफूल वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रममा बोल्दै नेता प्रदिप सीले जनताको आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले लिनुपर्ने बताए ।
उनले भने – ‘ यो आश्रम राज्यले चलाउनुपर्ने हो । मान्छेको सम्पुर्ण आधारभुत आवश्यकता गाँस , बास , कपास , शिक्षा , स्वास्थ्य , रोजगारको ग्यारेन्टी राज्यले लिनुपर्दछ । अहिले यो दलाल पुजीवादी सत्ताले नागरिकको आवश्यकता पूरा गर्न सक्दैन् । हामिले यो सत्तालाई बदलेर समाजवादी सत्तामा रुपान्तरण गर्न आवश्यक छ । हामी कम्युनिस्टहरु हौं । आज नेकपा स्थापना दिवसको सन्दर्भ हो । हाम्रो पार्टी कम्युनिस्ट पार्टी स्थापना दिवसको सपना लक्ष्य पूरा गर्ने अभियानमा छ।
कतिपय कम्युनिस्टहरु झुट ,ढाँट , छल गरेर जनतालाई भ्रम छरेका छन् । मानिसको गाँस , बास , कपासको ग्यारेन्टी राज्यले गर्नुपर्दछ तर विडम्बना मानव सेवा आश्रम व्यक्तिले चलाउनुपरेको छ । यो नियति समाजवादले हल गर्दछ ।’
यस्तै नेता प्रदिपले नेपालको संकटपुर्ण राजनीतिक निकास केवल समाजवादले गर्ने भएकाले समाजका सबै तह र तप्का समाजवादको बहसमा भाग लिन अपिल गरेका थिए ।
उनले लेनिनको १५६औँ जन्म जयन्तीको सन्दर्भमा लेनिनको क्रान्तिकारी जिवन एवम योगदानहरुको चर्चा गरेका थिए ।
फलफुल वितरण कार्यक्रममा मानवसेवा आश्रम दाङका संयोजक हिरु जोशी , आश्रमका तुलसीपुर सचिव बिष्णुप्रसाद आचार्य , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी , नेकपाका जिल्ला सचिवालय सदस्य दिपेन्द्र सी , बिष्णु सी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम तुलसीपुरका सेक्रेटरी रुद्र सीले गरेका हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.