दाङको तुलसीपुरमा सर्पले डसेर बालकको मृत्यु

डेली न्युजराप्ती       २५ चैत्र २०७९ १६:३९ मा प्रकाशित     129 No Comments

चैत २५ , दाङ । तुलसीपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ढकनाका राजकुमार चौधरीका ११ वर्षीय छोरा छवि चौधरीका सर्पले डसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरको आँगनमा खेल्दै गरेको बेला बल बारीमा पुगेपछि लिन जाँदा उनको औँलामा डोमनी प्रजातिको सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर बिरामी भएका बालकको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार बेलुका करिब ५ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार