संसदवादी दलका कारण राष्ट्र गुम्ने खतरा छ:शितल

डेली न्युजराप्ती       ३१ असार २०७९ १८:१७ मा प्रकाशित     400 No Comments


असार ३१,घोराही। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले संसदवादी दलहरुका कारणले राष्ट्र गुम्ने खतरा रहेको बताउनुभएको छ।
नेकपा दाङको ९औ पुर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता शितलले उक्त कुरा बताउनुभएको हो।

नेता शितलले भन्नुभयो– ‘संसदवादीको भरपर्ने हो भने राष्ट्र गुम्दै छ।नेपाली जनतामाथी अनेकौं षड्यन्त्र भइरहेका छन।नेपालमा यो दलाल पुजीवादी संसदीय व्यवस्थालाई ध्वस्त पारी वैज्ञानिक समाजवाद स्थापनाले मात्रै राष्ट्र बचाउन सकिन्छ।’
नेता शितलले अमेरिकाले नेपालमा लाद्न खोजेको एसपीपी सम्झौता नेपाली सेनालाइ प्यारालाइसिस वा अपांग बनाउन ल्याइएको साम्राज्यवादको नया हस्तक्षेपको योजना भएको बताउनुभएको थियो।

एक फरक प्रसंगमा बोल्दै नेता शितलले पार्टीबाट अलग भएका सुदर्शनको उद्देश्य क्रान्ती गर्ने नभइ नेकपालाइ क्षतबिक्षत गर्ने भएको समेत बताउनुभएको हो।
उहाले भन्नुभयो– ‘सुदर्शनको उदेश्य क्रान्ती गर्ने थिएन,नेकपालाइ क्षतविक्षत गर्ने थियो तर सक्नुभएन। पार्टी फुटको असरले जनतामा मनोबैज्ञानिक असर देखा परेको छ तर हामी जनतालाइ सत्य कुरा भन्छौं।हामी संसदवादी हुने कल्पना नगर्नुस,एकपटक एकीकृत जनक्रान्ती मार्फत आन्दोलनको आधिबेरी आउँछ,पुजीवादी राज्यसत्तालाई खरानी पारिन्छ।’

पार्टीलेराष्ट्रघात,महंगी,भ्रष्टाचार,व्यथिती,विसंगति,सामाजिक बिभेद,एमसिसी/एसपीपी लगाएतका सम्झौताका विरुद्ध निर्णायक संघर्ष गर्ने नेता शितलको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार