कञ्चन-सुदर्शनहरुमा देखिएको अवसरवाद खोक्रो वामपन्थी अवसरवाद हो:विप्लव

डेली न्युजराप्ती       ३० असार २०७९ २१:३५ मा प्रकाशित     248 No Comments

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राजनीतिलाई सहि दिशामा ल्याउन पत्रकारले निरन्तर खवरदारी गर्नुपर्ने वताएका छन । असार २८ गते मंगलबार काठमाडौस्थिति पद्मकन्या क्याम्पसमा आयोजित जनपत्रकार संगठनको केन्द्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका छन । महासचिव विप्लवले वैज्ञानिक समाजवादी राज्यव्यवस्था नआएसम्म नेपाल र नेपालीले सहि व्यवस्थाको उपयोग गर्न नपाउने बताए । उनले वैज्ञानिक व्यवस्थाका लागि आफुहरु निरन्तर रुपमा लडेको र लडदै जाने दृढता समेत व्यक्त गरे। महासचिव विप्लवले जनताको अधिकारको लागि लडाई लडने जिम्मेवारी पार्टीको काँधमा आएको बताउदै पत्रकारलाई जनहितमा निरन्तर कलम चलाउन निर्देशन समेत दिए।

महासचिव विप्लवले नेपालको पत्रकारिता आन्दोलन र जनपक्षीय पत्रकारहरुको नयाँ जिम्मेवारी , नेपालको सत्ता राजनितिमा देखिएका संकट र समाजवादी क्रान्तिको भविस्य तथा नेपालको स्वाधिनतामाथी बढ्दै गएको साम्राज्यवादी हस्तक्षेपको खतराबारे विस्तृत रुपमा प्रशिक्षण दिदै भने ” हामी नवौं महाधिवेशनलाई वैचारिक राजनीतिक बहसको थलो बनाउदैछौ, यसले नेपाली क्रान्ति र विश्वक्रान्तिमै विशेष अर्थ राख्नेछ, महाधिवेशनले बहस गर्न खोजेका दुरगामी विषयमा प्रचार प्रसार गर्दै आम जनतालाई बहसमा जोड्ने काम मिडियाकर्मिहरुको हो , यसका लागि आवश्यक भुमिका जनपत्रकारहरुले पूरा गर्नु हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

महासचिव विप्लवले पार्टीभित्र केही समय अघि कञ्चन – सुदर्शनहरुमा देखिएको अवसरवाद र अराजकतावादी खराव प्रवृति तर्फ संकेत गर्दै भने – ‘ यो अवसरवाद खोक्रो वामपन्थी अवसरवाद हो, यो अराजकतावाद र विसर्जनवाद हो। सुदर्शन कञ्चनहरुमा कतिपय समस्याहरु हुदाहुदै पनि हामीले रुपान्तरणमा गर्न खोज्यौ। तर, अवसरवादले मौका हेरेर बसेको हुदो रहेछ , उहाहरुले त्यस्तै गर्नु भयो। यस्ता समस्याहरु आज मात्र होइन भोलि पनि आउन सक्छ्न । यो हाम्रो चाहानामा मात्रै भर पर्ने सवाल होइन । यसका आफ्नै बस्तुगत पक्ष पनि हुन्छ्न । वास्तवमा जहाँ कमजोर चेतना हुन्छ त्यहाँ नै अवसरवादले ठाउँ लिदो रहेछ । हामी यतिबेला अन्तरसंघर्ष प्रधान नहोस भन्ने चाहान्थ्यौ , पार्टीलाई एकतावद्द बनाएर बाह्य हस्ताक्षेपविरुद्ध संघर्स केन्द्रित गर्न पनि सुदर्शनहरुलाई रुपान्तरण गर्न खोजेका थियौ। त्यसो नभए त उहामा देखिएको आर्थिक विचलनको समस्या बारे पहिल्यै कैयौं साथिहरुले कुरा उठाइसक्नु भएको थियो , हामी त्यतिबेलै कारबाही गर्न सक्थ्यौ । उनीहरु यति धेरै मौका कुरेर बसेका होलान भन्ने हामीले सोचेका पनि थिएनौ। उहाहरु त आफ्नो कमजोरी लुकाउन बाटो हेरेर पो बसेका रहेछन । होइन भने उहाहरु कुनै छुट्टै केही गरिहाल्ने भन्ने त होइन नि, अहिलेको अन्तरसंघर्षमा पार्टीभित्रको एउटा पंक्ति डटेर गलत विषयमा लड्ने भन्दा पनि धर्मरायो , यो सोचनिय कुरा हो। अवसरवादले कि त आफ्नो दृस्टिकोण अनुसार कि त पार्टी चलाउने वा कब्जा गर्न खोज्दो रहेछ , यदि त्यसो नभए त्यो ढिलो चाडो अलग्गिदै जादो रहेछ । ‘

दलाल पुजीवादी राज्यसत्ता र अहिलेको क्रान्तिकारी धाराबिच निरन्तर चल्दै गएको दाउपेचतर्फ संकेत गर्दै उनले भने – ” अहिलेको सत्ताले हामीबाट कि त तुरुन्त आत्मसमर्पण , कि त तुरुन्त लडाइ चाहान्छ। त्यसैले उसले तीन बुंदे सहमति कार्यावन्वन गर्न मानेको छैन , बन्दिहरु छोडेको छैन । तर यो कुरा हामीले राम्ररी बुझेका छौ । हामी अहिले नै शहर छोड्न चाहान्नौ , गाउँ र शहरको सम्बन्ध अझ मजवुद बनाउन चाहन्छौ । राज्यले हामीलाई विश्वास पनि गरेको छैन भन्ने देखिन्छ। उनिहरुलाइ यो कुरा टाउको दुखाइको विषय भएको छ।

उक्त वैठकमा नेकपाका सचिवालय सदस्य सन्तोष वुढा मगरले पत्रकार जगत अरु संगठनभन्दा भिन्न र वौद्धिक भएकाले मुलुको आवस्था र नागरिकहरुका वास्तविक समस्यालाई निर्धक्क भएर उजागर गर्ने दायित्व पत्रकारको भएको वताए भने नेकपाका केन्द्रिय सदस्य तथा जनपत्रकारका संगठनका फ्र्याक्सन इन्चार्ज प्रज्वलनले पत्रकारितामार्फत जनताको सेवा र प्रेस स्वतन्त्रतका पक्षमा वकालत गर्नु पत्रकारको दायित्व भएको वताए ।

बैठकले जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौ गर्ने निर्णयका साथै विभिन्न समितिको गठन , पुनर्गठन र केन्द्रिय सदस्यहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिबद्धता !मानव अधिकारको रक्षा र बैज्ञानिक समाजवादका लागि जनपत्रकारीता !! भन्ने नारा सहित संयोजक शेरबहादुर बिश्वकर्माको अध्यक्षता तथा सञ्चालन र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको विशेष उपस्थितमा भयको बैठकमा मंगलबार काठमाडौ स्थिति पद्मकन्या क्याम्पसमा सम्पन्न संगठनको केन्द्रिय समितिको विस्तारित बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले आ आफ्नो फिल्डको कामको मौखिक रिपोर्टिङ गरेका थिए भने आमन्त्रित सदस्यहरुले अनुभुती , प्रतिबद्धता र सुझाव सहितको धारणा राखेका थिए ।

बैठकमा नेकपाका केन्द्रिय सदस्य सुशील ओलिको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार