तुलसीपुरमा गएराती विभिन्न ११ पसलमा चोरी

डेली न्युजराप्ती       २ माघ २०७८ १०:५७ मा प्रकाशित     276 No Comments


माघ २, दाङ। तुलसीपुरमा गयराती विभिन्न पसलमा चोरी भएको छ । सल्यान रोड स्थित किराना पसल, मदिरा पसलमा चोरी भएको प्रहरीले जनाएको छ । नेपाल टेलीकम देखि ५० मिटर माथी रहेका झण्डै ११ वटा सटरको ताला फोडेको छ । चोरले नगद,रीचार्ज कार्ड,मदिरा चोरी लगेको छ ।
चोरले पौडेल किराना पसल,जुगार एण्ड बुढागाउ इलेक्ट्रोनिक्स सप्लायर्स,भाग्यलक्ष्मी कन्सर्न,न्यु पञ्चकोशी ईन्टरप्राईजेज लगाएतका पसलमा ताला फोडेर चोरी गरेको हो। त्यहाबाट प्रहरीले ताला फोड्न प्रयोग गरेको दुई थान सरीया समेत बरामद गरेको छ । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतीबारे विवरण संकलन गर्दै अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार