काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा महासचिव विप्लवले क्रन्तिको नेतृत्व गर्न पर्ने बेला आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधनन गर्दै महराले क्रान्तिका लागि बस्तुगत आवस्यकता भएको भन्दै त्यसलाई विप्लवले नेतृत्व गर्न सक्ने बताएका हुन् ।
उनले विप्लवलाई क्रान्तिको नेतृत्व गर्न आवश्यकता आएको बताए । ‘क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी तपाईंका काँधमा आएको छ । तपाईंले नेतृत्व गर्नुहोस् ।’, उनले भने, ‘तपाईले सचेत आत्मगत स्थिति तयार पार्नुहोस् । क्रान्तिको बातावरण तयार पार्नसक्ने र क्रान्ति गर्ने पार्टी तपाइको मात्र हो ।’
‘राष्ट्रिय स्वाधिनता र समाजवादमा हामीले एक ठाउँमा बसेर बहस गर्न सक्छौं । आजको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनता र समाजवादका लागि एकजुट हुन जरुरी छ ।’, उनले भने, ‘यसका लागि समाजवादी मोर्चा बनाउन आवश्यकता छ । राष्ट्रियता र समाजवादका लागि हामी एक ठाउँमा आउनुपर्छ । समाजवादी मोर्चा बनाउन पर्छ । सिद्धान्तका विषयमा विस्तारै छलफल गर्दै जाउँ ।’
उनले पार्टी एकताका लागि पहल गर्नुपर्ने समय आएको बताए । ‘हामी पार्टी एकताका विषयमा छलफल गरौं । सकिदैन भने कार्यगत एकताका विषयमा छलफल गरौं ।’, उनले भने, ‘पुरानो अवस्थामा एकता गर्न सकिदैन । यथास्थितिमा पनि एकता सम्भव छैन । नयाँ आधारमा नयाँ एकता गरौं । नयाँ मोर्चा खोलौं ।’
कम्यनिस्टहरु सिद्धान्तलाई बचाउने नाममा जडसुत्रवाद र अतिक्रान्तिकारी सोचको विचमा धेरै ठूलो खाडल रहेको भन्दै यसको अन्त्य हुनपर्ने उनको भनाई छ । बैशाख महिनाभित्र समाजवादी मोर्चा बनाउने तयारी भएको बताउँदै उनले यसका लागि सबैले एक पटक छलफल गर्न पर्ने बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.