काठमाडौं: नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एमसीसीको मतियार भएको भन्दै खुकुरी प्रहार भएको छ । काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।
उनीमाथि खुकुरी प्रहार गर्ने राष्ट्रवादी युवा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । सापकोटाले एमसीसीको मतियार र अमेरिकी दलाल भन्दै नेपाली खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते यादवको टाउकोमा चोट लागेको छ । सापकोटालाई महानगरिय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.