देशको संकटको निकास वैज्ञानिक समाजवाद मात्र हाे: विप्लव

डेली न्युजराप्ती       १६ जेष्ठ २०८० १९:०४ मा प्रकाशित     528 No Comments

१६ जेष्ठ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिलेको संकटको निकास बैज्ञानिक समाजवाद भन्दा अन्य कुनै विकल्प नभएको ठाेकुवा गरे ।नेकपा मध्य कर्णाली ब्यूरोकाे राजनीतिक प्रशिक्षण कार्यक्रमलाई मंगलबार सुर्खेतमा सम्बाेधन गर्दै महासचिव विप्लवले यस्तो ठाेकुवा गरेका हुन ।

उनले कतिपय मान्छेहरूले अहिलेको संकटको निकास व्यवस्था नभएर अवस्था बदल्नु पर्ने भनेर छरिरहेकाे भ्रम प्रति सचेत हुन आग्रह गर्दै अवस्था भन्दा पहिले व्यवस्था बदल्न जरुरी भएको बताए ।

महासचिव विप्लवले भने “नेपाल अहिले निकै संकट र अप्ठ्यारोमा छ । नेपालको निकास समाजवाद हाे ।यो संकट व्यवस्थाले पैदा गरेकोहाे । व्यवस्था फेर्ने अभियानमा लाग्नुपर्छ अनि मात्र अवस्था फेर्न संभव हुन्छ ।”

उनले हालै तिन वटा कम्युनिस्ट पार्टीबिच भएको एकता कम्युनिस्ट आन्दोलनको नयाँ अध्याय भएको चर्चा गर्दै इमानदार, क्रान्तिकारी कम्युनिस्टहरू बैज्ञानिक समाजवाद ल्याउने उद्देश्य राखेर निशर्त रूपमा एक हुनुको विकल्प नभएको बताए ।

साम्राज्यवादले कम्युनिस्ट सिध्याउने याेजना अनुसार आफ्ना नयाँ दलालहरू जन्माएर कम्युनिस्टका विरूद्व प्रयाेग गरिरहेकाे खुलासा गर्दै महासचिव विप्लवले भने “पछिल्लो स्वतन्त्र पार्टीको नाममा रवीकाे उदय, गगन थापाकाे खुल्लमखुल्ला साम्राज्यवादकाे चाकडी नेपालको लागि खतरनाक छ ।”

साम्राज्यवादले रवीलाई नेपालमा अर्को जेलेन्स्की बनाउने सम्भावना समेत रहेको उनले धारणा व्यक्त गरे ।

नेपालको अहिलेको संकटको निकास न त रवी, गगन हुनसक्छन् , न त राजावादी हुनसक्छन् , उनले भने “अहिलेको संकटको वास्तविक निकास नेपाल कम्युनिस्ट पार्टी र बैज्ञानिक समाजवाद मात्रै हुनसक्छ ।”

उनले मिटर ब्याजी, लघुवित्तकाे ठगी, बैंकको चर्काे ब्याजदर र भ्रष्टाचारको विरूद्व संघर्ष गर्न निर्देशन दिए ।

यस्तै महासचिव विप्लवले एकीकृत जनक्रान्तिकाे कार्यभार पुरा गर्न उत्पादनसँग जाेडिएका, नेता, कार्यकर्ता र पार्टी बनाउनु पर्नेमा जाेड दिदै जनताका समस्या समाधान गर्ने र जनतासँग गहिरो सम्बन्ध जाेडिएकाे पार्टी बनाउन निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार