नेकपा पश्चिम दाङले जनभेटघाट , संगठन विस्तार तथा सुदृढ अभियान संचालन गर्ने

डेली न्युजराप्ती       २१ चैत्र २०७९ १९:४५ मा प्रकाशित     293 No Comments

चैत २१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।
मंगलबार तुलसीपुरमा सम्पन्न बैठकले जिल्लाव्यापी जनभेटघाट , संगठन विस्तार तथा सुदृढ अभियान संचालन गर्ने निर्णय गरेको छ ।

नेकपा पश्चिम दाङले जिल्ला अन्तर्गतका तुलसीपुर उपमहानगरपालिका , शान्तिनगर गाउँपालिका , दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाभरि चैत २२ गतेदेखि बैशाख २५ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो ।

नेकपा पश्चिम दाङको तेस्रो बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले तिब्र सरकार फेरबदलले संसदीय व्यवस्था असफल छ भन्ने पार्टी मान्यता पटकपटक पुष्ठि हुँदै आएको र यो पटक पनि पुनः पुष्ठि भएको ठोकुवा गर्नुभएको हो ।

भारतीय र अमेरिकी साम्राज्यवादको गठजोडमा अहिले सरकारको समीकरण बनेको हो , नेता सविनले थपे , ‘ पार्टीले मिटरव्याज र लुघुबित्त विरुद्ध गरेको जनसंघर्षका कारण सरकारले पीडितहरुका माग सुन्न बाध्य भएको छ तर यो दलाल संसदीय सत्ता रहदासम्म नेपाली जनताले सुखको सास फेर्न पाउनेछैनन्।’

यस्तै बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले पार्टीले तय गरेको आवधिक योजना पूरा गर्न सबै नेता-कार्यकर्ताहरु तदारुकता साथ लाग्नुपर्ने बताउनुभएको थियो ।
नेता प्रदिपले सुदृढ संगठनबिना क्रान्ती सम्पन्न गर्न नसकिने भन्दै व्यापक जनतामाझ पुग्न सबैलाइ निर्देशन दिनुभएको हो ।

नेकपा पश्चिम दाङको आज सम्पन्न तेस्रो बैठकले यहीँ चैत २४ गते जनआन्दोलन दिवसको अवसरमा हापुरेमा जनप्रदर्शन गर्ने , ७५औ कम्युनिस्ट पार्टी स्थपना दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने , कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौं आयोजित विशाल जनसभामा जिल्लाबाट व्यापक सहभागिता जनाउने , उत्पादन कार्यलाइ बिभाग मार्फत व्यापक बनाउने , लघुबित्त , राष्ट्रिय स्वाधीनताको विषयमा संघर्ष गर्ने , जवस/मोर्चाका पालिका भेलाका साथै अभियान संचालन गर्ने ,पार्टीको वडा , सेल कमिटी गठन गर्ने , जवस मोर्चाका वडा सेल कमिटी गठन गर्ने लगाएतका निर्णय गरेको जनाइएको छ ।
यस्तै बैठकले जिल्लाभरी सबै जवस/मोर्चाका संयोजक तोकिएको समेत जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि समितीका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक कालीबहादुर सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सीको आतिथ्य रहेको थियो ।
बैठकको अध्यक्षता तथा संचालन नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार