नेपाली जनताको हातबाट सेना हतियार खोसेर दलाल सत्ताले फेरि युद्धको निम्तो दिन खोज्यो: नेता समीर
हेमन्त प्रकाश वली। फागुन १३, तुलसीपुर। राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध दाङका विभिन्न ठाउमा कोणसभाहरु सम्पन्न भएका छन।
राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध विप्लव नेतृत्वको नेकपा सहित संयुक्त ८ दलिय मोर्चाद्वारा घोषणा गरिएका चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत आज दाङ लगाएत देशव्यापी कोणसभा कार्यक्रमहरुको आयोजना गरिएको नेकपा दाङका सेक्रेटरी प्रदिपले जानकारी दिनुभयो।
दाङमा विप्लव नेतृत्वको नेकपा सहित नेकपा ( मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा,देशभक्त जनगणतान्त्रीक मोर्चा र नेकपा मालेको संयुक्त आयोजनामा राष्ट्रघाती एमसिसी विरुद्ध बिरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको हो। जिल्ला अन्तर्गतका मुख्य शहरहरु घोराही, लमही,भालुबाङ,राजपुर,गढवा,तुलसीपुरको बिजौरी, हापुरे, रगैचा लगाएतका थुप्रै ठाउहरुमा कोणसभा मार्फत एमसिसी खारेजीका लागि प्रदर्शन गरिएको संयुक्त दलहरुले जनाएका छन।
तुलसीपुरको बिजौरीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा( क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य समिरले नेपाली जनताको हातबाट सेना हतियार खोसेर दलाल सत्ताले फेरि जनतालाइ युद्धको निम्तो दिन खोजेको बताउनुभएको थियो। उहाले जनयुद्धका कमान्डरहरुले नेपाली जनताको आफ्नै सेना जनमुक्ति सेना र हतियार खोसेर बन्दुकको बलद्वारा राष्ट्रघाती एमसिसी लाद्न खोजे जनताले पुनः सेना र हतियार निर्माण गर्न कुनै ठूलो कुरा नभएको बताउनुभयो। उहाले भन्नुभयो,” राष्ट्र र राष्ट्रिय स्वाधीनताको लागि नाफाको जिन्दगीलाई बलिदान दिन्छौं तर कुनैपनी हालतमा एमसिसी पास हुन दिन्नौ।” नेता समिरले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्धको शान्तिपुर्ण प्रदर्शनमा नेपाली स्वाभिमानी नागरिकहरुमाथी दलाल सत्ताको ठाडो आदेशले प्रहरीको बन्दुकले जबर्जस्त गरेको दमनको घोर निन्दा एवम भर्त्सना समेत गर्नुभएको हो।
यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा( मशाल) का प्रवक्ता भरत भण्डारीले एक हजार वर्षसम्म दक्षिण एसियामा आफ्नो प्रभाव र नियन्त्रण कायम गर्न अमेरिकी साम्राज्यवादले एमसिसि सम्झौता मार्फत आफ्नो रणनीति लाद्न खोजेको जिकिर गर्नुभएको थियो। नेता भण्डारीले अमेरिकीलाई एसिया क्षेत्रबाट चुनौती रहेकाले एमसिसी मार्फत सैन्य रणनीति घुसाएर केही अर्व सहयोगको नाममा नेपाल प्रवेश गर्न खोजेको बताउनुभएको हो। उहाले अमेरिकी साम्राज्यवादले नेपालमाथी गरेको नांगो हस्तक्षेपको समेत बिरोध गर्नुभएको थियो।
कोणसभालाई सम्बोधन गर्दै सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्तीले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध बलिदान गर्ने तर कुनैपनी हालतमा देश बेच्न नदिने उद्घोष गर्नुभएको हो। उहाले एमसिसी मार्फत चिनमाथी आक्रमण गर्ने र नेपाललाई रणमैदान बनाउने अमेरिकी साम्राज्यवादको सपना पूरा हुन नदिने जिकिर समेत गर्नुभएको थियो। नेपालको कानुन भन्दा माथी हुने, बहुमुल्य खनिज पदार्थहरुको दोहन गर्ने अमेरिकी रणनीति नेपाली जनताले प्रष्ट बुझेकाले कुनैपनी हालतमा एमसिसी पास हुन नदिने बताउनुभएको थियो।
कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य इश्वरी पाण्डेले गर्नुभएको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.