नेकपा (बहुमत) सर्लाहीका जिल्ला सेक्रेटरी तथा युवा माेर्चाका मधेस प्रदेश इन्चार्ज भरत पुलामी मगर विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
पार्टीका प्रदेश इन्चार्जले नै पार्टी परित्याग गरेपछि धर्मेन्द्रलाई मधेश प्रदेशमा ठुलो धक्का लागेको छ ।
बहुमतका मधेश प्रदेश इन्चार्ज मगर सहित युवा नेताहरु विचारमान तामाङ, कान्छा लामा लगायत नेताहरु समेत नेकपामा प्रवेश गरेका छन् ।
बुधबार नेकपाकाे सर्लाही जिल्ला कार्यक्रममा एक कार्यक्रमबिच नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले राताे टीका र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।
ध्रुवीकरण भएका युवा नेता भरतले एक वक्तव्य जारी गर्दै धर्मेन्द्र बास्तोला-हेमन्त ओलीले आफूलाई भ्रममा पारेर नीजि स्वार्थ पूरा गरेकाे आराेप लगाए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.