जाजरकोट र रुकुमका सिडिओसँग नेकपा महासचिव विप्लव सीको फोन सम्वाद

डेली न्युजराप्ती       १९ कार्तिक २०८० ०७:५८ मा प्रकाशित     157 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सीले जाजरकोट र रुकुमका सिडिओसँग आज प्रत्यक्ष फोन सम्वाद गरेका छन् ।भूकम्पबाट पीडित जनताको उद्धार र राहत वितरणलाई द्रुतगतिमा अगाडि बढाउनेबारे कुराकानी भएको बताइएको छ ।महासचिव विप्लवले उद्धार र राहतमा चासो राख्दा सीडीओहरुले उद्धारका कामहरु तीव्रतामा अगाडि बढेकाे बताए । पार्टीको सहयोग आवश्यक रहेको प्रतिक्रिया दिए ।महासचिव विप्लवले पनि भूकम्प पीडितहरुलाई उद्धार गर्न र राहत दिन राज्यका निकायसँग मिलेर काम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकिएको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार