समाचारको काउन्टरमा नेकपाका नेता भरत सीले भने‘विप्लव थाकेका होइनन्’

डेली न्युजराप्ती       ३१ असार २०८० २२:०७ मा प्रकाशित     164 No Comments

विप्लव थाकेका होइनन; थाकेकालाई समाजवादतर्फ हाँक्न खोजेको हो

काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ले विप्लव थाकेर प्रचण्डसङ्ग मिल्न खोजेको होइन बरु अब नेपालमा क्रान्ति र नयाँ व्यवस्था स्थापित गर्न सकिन्न भनेर थाकेका मानिसहरूलाई समाजवादको यात्रामा हाँक्न खोजेको टिप्पणी गरेका छन। सामाजिक सञ्जाल फेसबुकमा आज एक लामो स्ट्याटस लेख्दै नेता भरत सीले यस्तो टिप्पणी गरेका हुन् ।

“विप्लव थाकेका छैनन न नेकपा थाकेको छैन बरु थाकेकोलाई समाजवादतर्फ हाँक्न खोजेको पक्कै हो । दलाल पुँजीवाद समस्या हो र समाधान समाजवाद हो भन्ने नेकपाको लाइन स्थापित भएको छ । यो त थाकेकाहरुको गनगन हो जो आफू जस्तै विप्लव पनि थाकी देउन भन्ने चाहाना राख्छन ” विप्लव प्रचण्ड सम्बन्धबारे सेतोपाटीमा विनु सुवेदी र बाह्रखरीमा माधव ढुङ्गेलले गरेको विश्लेषणतिर संकेत गर्दै उनले लेखेका छन-” प्रचण्ड र विप्लवलाई स्वार्थले हैन कि देशको बस्तुगत आवश्यकताले जोडेको हो । आजको देश र समाजको आवश्यकता सबै माओवादी, कम्युनिस्ट र समाजवादी शक्तिहरु नयाँ विचार र मान्यतामा एकजुट भएर आन्तरिक र बाह्य चुनौतीको सामाना गर्ने हो । समाजवादी मोर्चा त्यो दिशामा एक ठोस पहल हो ।”

नेता भरत सी का अनुसार नेकपाले लिएका राजनीतिक, वैचारिक र आर्थिक उत्पादनसम्बन्धि योजना स्थापित हुदै गएपछि एकथरी मान्छेहरु अब क्रान्ति अगाडि नबढोस र बरु विप्लवहरु पनि थाकेको हेर्न चाहेको भन्दै – “आज नै विप्लव विरुद्ध दुईवटा लेख किन आए त ? किनभने पार्टीको उत्पादनको नीति र योजनाले राम्रो प्रभाव दिएको छ । असार ३० गते पार्टीले दिएको बिदा सकिदै थियोे । यो नेपालका कुनै पनि पार्टीले नगरेको काम हो । जसले एउटा क्रान्तिकै काम गरेको थियो । आवश्यकता त यसलाई अरुले पछ्याउनु थियो तर दलाल पुँजीवादले यसो हुन दिदैन । समाजवादी मोर्चा पनि अघि बढेको छ र त्यसको आकर्षण पनि विप्लव बनेका छन । यो पनि दलाल पुँजीवादलाई सह्य भएन ।त्यसैले क्रान्ति नहुने वा छोडेको चिन्ता भन्दा बढी क्रान्ति भै पो हाल्छ कि भन्ने चिन्ताले योजनाबद्ध यी लेखहरु आएका हुन भनी बुझ्नु सहि हुन्छ । अन्यथा सत्यको ठाँउमा गलत कुरा स्थापित हुनेछ” स्थायी समिति सदस्य भरत सी ले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार