रानी जरुवामा खानेपानीको हाहाकार

डेली न्युजराप्ती       ३ चैत्र २०७८ ०७:३७ मा प्रकाशित     270 No Comments


२-चैत। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा खानेपानीको हाहाकार भएको छ । वडाको रानीजरुवा देखि अटोभिलेजसम्मको बस्तीमा खानेपानीको व्यवस्था नहुँदा ठुलो समस्या भएको स्थानियहरुले गुनासो गरेका छन् । त्यहाँ रहेका कुवाहरु पनि सुक्दै जान थालेको र केही कुवाबाट आउने पानी समेत दुषित भएको भन्दै स्थानियहरु चिन्तित भएका छन् । खानेपानीको माग गर्दै त्यस क्षेत्रका नागरिकहरुले बुधबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ज्ञापन पत्र बुझाएका छन् ।

नवज्योति टोलका अध्यक्ष पदम पोख्रेलले खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै खानेपानीका लागी तत्काल योजना अगाडी बढाउन अनुरोध गरे । कुवाको पानी दुषित हुने गरेकाले त्यसले स्वास्थ्यमा समेत गम्भीर असर ल्याएको उनकोे भनाई थियो । नागरिकको स्व्च्छ पानी पिउन पाउनु मौलिक हकलाई संस्थागत गर्न तत्काल खानेपानीको प्रबन्ध मिलाईदिन उनको माग थियो । पानीको समस्याका कारण दैनिकी नै कष्टकर बनेको त्यहाँ उपस्थित स्थानियहरुको देखेसो थियो । ज्ञापनपत्र बुझ्दै संस्थाका अध्यक्ष भण्डारीले तत्कालका लागी त्यहाँ डिप बोरीङ निर्माण गर्ने र डिप बोरिङबाट धारा वितरण गर्ने प्रतिबद्धता जनाए ।

तत्काल घरघरमा धारा पुर्याउन नसकेपनी सामुहिक रुपमा ५–७ घरका लागी एउटा धाराको व्यवस्था गरिदीने उनले बताए । आफुहरुको नयाँ भएको र अघिल्ला कार्यसमितिका अधुरा कामहरु धेरै भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाई थियो । सबैको पहँचमा खानेपानी पुर्याउन पानीको स्रोतको अभाव रहेकोले त्यसका लागी आफले बजेट विनियोजनका लागी पहल गरिरहेको र पटक पटक विभिन्न निकाय सँग समन्वय गरिरहेको उनको भनाई छ । त्यस क्षेत्रमा १८ टोल र करिब २ हजार घरधुरी रहेका छन् ।
तुलसीपुर अनलाइनबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार