संगित अभियात्रा संचालन गरिरहेका जनवादी कलाकारले आज दाङमा पत्रकार सम्मेलन गर्ने

डेली न्युजराप्ती       ९ चैत्र २०७९ ०८:१९ मा प्रकाशित     479 No Comments

चैत ९ , तुलसीपुर । देशव्यापीरुपमा संगित अभियात्रा जनताका गित- संगित गाउदै हिडेका जनवादी कलाकारहरुले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
बरिस्ठ जनवादी कलाकार जीवन शर्मासहित १८ जनवादी कलाकारहरुले आज दिउँसो १ बजे घोराही स्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलनमा उपस्थितिका जनवादी गितकार , संगितकार , गायक चिरण सीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

संगीत अभियात्राको आयोजनामा यही चैत १० गते घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने जनवादी सांगीतिक प्रस्तुतिका लागि शर्मासहितका १८ जना कलाकार दाङ आएको बताइएको छ ।
कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, प्रगति महरा, केशरी घर्तीमगर, उदय रिजाल, लक्ष्मण पाखीन नारायण शर्मा, कविता पुन, अनु शर्मा र सन्ध्या मगरको सांगीतिक प्रस्तुति रहने भएको छ ।

उक्त कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने कार्यक्रममा सहभागिता भइदिन सबैलाई अनुरोध गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार