स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा विप्लवका पौडेल बने अध्यक्ष पदका उम्मेदवार!

डेली न्युजराप्ती       २४ फाल्गुन २०७९ १५:०७ मा प्रकाशित     980 No Comments

फागुन २४ , दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)दाङले आसन्न स्ववियु निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने प्रक्रिया अगाडि बढाएको छ ।

संगठन आज बुधबार साविक राप्ती अञ्चलमा त्रिभुवन विश्वविद्यालयको एक मात्र आँगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्ववियु निर्वाचन -२०७९ का लागि सभापति /अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको हो ।

संगठनले आसन्न स्ववियु निर्वाचनका लागि संगठनका जिल्ला अध्यक्ष समेत रहेका जुझारु तथा विद्यार्थी माझ लोकप्रिय नेता खुमन पौडेललाई सर्वसम्मत उम्मेदवार घोषणा गरिएको हो ।
उम्मेदवार घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सविन सी ,पार्टी केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी ,पार्टीका पुर्वी दाङका सचिव जनक सी , अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अनिल सी लगाएतको उपस्तिथि रहेको थियो ।

यस्तै संगठनले आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको भव्य तयारीमा जुटेको जनाएको छ । निर्वाचनको तयारीमा होमिएको अखिल(क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितीले क्याम्पस नजिकै संगठनको सम्पर्क कार्यालय समेत स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार