हेमन्त प्रकाश ओली।
फागुन ११ , नवलपरासी । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विकिरण सीले जनताका असली सेवक विप्लव ब्राण्ड भएको ठोकुवा गरेका छन् ।
बिहिवार नवलपरासीमा पार्टीको सरावल गाउँकमिटीका नेताकार्यकर्ता सम्मीलित अनौपचारिक कार्यक्रममा बोल्दै नेता विकिरणले उक्त ठोकुवा गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता विकिरणले भने– ‘ नेपालको राजनीतिक इतिहासमा स्वच्छ छवि , इमानदार र नैतिकवान विप्लव नै हुन् । संसदीय दलका नेताहरु सबै केही न केही भ्रष्टाचारका काण्डमा मुछिएका छन् । हामीलाई गर्व छ , हाम्रो नेतृत्वप्रती । त्यतिमात्रै होइन जनताले हाम्रो नितिलाई उत्साहपुर्वक हेरिरहेका छन् । हामी आफ्नै श्रममा बाँचिरहेका मान्छे हौं । विप्लव अब ब्राण्ड हुन् । केही थान अराजक जत्थाहरुले बेलाबेलामा हाम्रो नेतृत्व विरुद्ध बोलिरहेका हुन्छन् , तिनीहरुलाई सचेत रहन आग्रह छ । अन्यथा मनपरी हुन दिइनेछैन।’
हामिले दलाल पुजीवादका विरुद्ध संघर्ष गर्न पार्टी बनाएका हौं , उनले थपे ‘ नेकपा जनताको पार्टी हो । जनताले साथ दिएका छन् तर केही थान दलालहरुलाई यो पार्टी मन परेको छैन् । हामिले दलाल ,भ्रष्टहरुको सेवा गर्न पार्टी बनाएका होइनौं , यो व्यवस्थाका विरुद्ध समाजवाद स्थापनाका लागि पार्टी निर्माण गरेका हौं । हामी जनताका प्रतिनिधि हौं । जनताको चाहना अनुरुप कामकाज अघि बढाउछौँ ।’
नेपाल अहिले राजनीतिक हिसाबले असमान्य ठाउँमा पुगेको छ , उनले फेरि भने ,‘ हामिले समाजवादी मोर्चा त्यसै बनाएका होइनौं । यहाँ गहिरोगरी बोध गर्न जरुरी छ कि मुलुक गम्भीर राजनीतिक संकटमा फसिरहेको छ । यसलाई निकास दिन समाजवादी , बामपंथी , प्रगतिशील , देशभक्त , क्रान्तिकारी शक्तीहरु एकै ठाउँमा उभिनुपर्छ । अब त्यतिले मात्रै पुग्दैन दलाल पुजीवादी र सच्चा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिलाई एउटै डालोमा हालेर हेर्न हुँदैन । दलाल पुजीवाद र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिलाई पनि अलग गरेर पहिचान गर्न जरुरी हामिले देखेका छौँ । हाम्रो कुरा धेरै केही छैन् , हामी सबै राजनीतिक दलसंग समाजवाद विषयमा खुल्ला ढंगले छलफल गर्न चाहेका छौँ । तपाईंहरु सबै समाजवादका प्रतिनिधि हौं भन्नुहुन्छ भने आउनुस समाजवादका बारेमा नेपालको बिशेषतालाई जोडेर बहस गरौं र मुलुकलाई समाजवादमा लैजाउ ।’
नेता विकिरणले जे जताबाट जुनसुकै तरिकाले भएपनी नेपाली जनतालाई समाजवादको अभ्यास गर्न दिनैपर्ने टिप्पणी समेत गरेका थिए ।
अनौपचारिक कार्यक्रममा नेकपा सरावल गाउँकमिटीका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.