काठमाडौ, २० असोज । राष्ट्रिय भूमि आयोगले चालू आर्थिक वर्षमा ५ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । त्यसको लागि अहिले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७२ स्थानीय तहसँग लगत सङ्कलनको काम सुरु गरेको र बाँकी स्थानीय तहमा पनि लगत सङ्कलनको काम सुरु गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।
अहिलेसम्म करिब ४ हजार परिवारलाई लालपूर्जा वितरण गरिसकेको आयोगले तत्काल ५ हजारलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको भए पनि मंसिर ४ को चुनावी आचारसंहिताका कारण रोकिएको छ । भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अब निर्वाचनपछि लालपूर्जा वितरणको काम अघि बढ्ने बताउनुभयो । आयोगका अनुसार करिब १ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने गरी प्रक्रिया पूरा भइसकेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.