दाङमा नेपाल कम्युनिस्ट पार्टी प्रवेशको लहर,एउटै वडाबाट संसदवादी पार्टी परित्याग गरि ९ जना प्रवेश

डेली न्युजराप्ती       १८ आश्विन २०७८ २१:०१ मा प्रकाशित     955 No Comments


नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रबेश
न्यूजराप्ती,दाङ। पछिल्लो समय दाङ जिल्लाभरी संसदवादी पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नेको संख्या बढिरहेको छ।

संसदीय व्यवस्था सैद्धान्तिक वा व्यवहारिक दुबै ढंगले असफल सिद्ध भएको र संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ती सम्भव नभएको पार्टी परित्याग गर्नेहरुको धारणा रहेको छ।उनीहरुले नेपालमा सच्चा कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेकपा भएको र पार्टीले लिएको वैज्ञानिक समाजवाद स्थापनाको दृढ संकल्प र वैज्ञानिक समाजवादले नै सबैखाले संकट समाधान गर्ने बताएका छन।
यस्तै जिल्ला अन्तर्गत शान्तिनगर गाउपालिका ३ बस्तीखोलामा बस्ने माओवादी केन्द्रका एरिया सदस्य धन बहादुर बिक,माओवादी केन्द्रका पार्टी सदस्यहरु कर्ण बहादुर बिक,शुकमाया थापाले नेकपा प्रबेश गरेका छन। यस्तै सोही वडा निवासि नेपाली कांग्रेसबाट गमान सिंह बिक,नम बहादुर बिक,बुद्धिकला बिकले नेकपा प्रबेश गरेका हुन। तत्कालिन स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्य उम्मेदवार शोभा बिक लगाएत एमाले पार्टी सदस्यहरु शुकराम बिक र नन्दिका स्वर्णकारले पनि पार्टी प्रबेश गरेको नेकपा शान्तीनगर गाउपालिका इन्चार्ज निर्मलले बताए। पालिका इन्चार्ज निर्मलले पार्टी प्रबेश गर्नेहरुलाइ राटो टीका सहित पार्टीमा स्वागत गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार