तुलसीपुर उपमहानगरको इन्धन वितरणमा दुरुपयोग:पत्रकार,प्रहरीदेखि सांसदलाई वितरण!

डेली न्युजराप्ती       १७ श्रावण २०८० १३:०९ मा प्रकाशित     255 No Comments

राधा बस्नेत (रिया)
दाङ, १७ साउन । तुलसीपुर उपमहानगरपालिकाले इन्धन वितरणमा ब्यापक दुरुपयोग गरेको पाइएको छ । उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्र विपरित सांसददेखि पत्रकारसम्मलाई इन्धन दिएको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले यस्ता विभिन्न कार्यालय, संस्था र ब्यक्ति विशेषलाई इन्धन वितरण गर्नु अनियमितता रहेको भन्दै सुधार गर्न भनेको छ ।

यसरी पेट्रोल लिनेमा इलाका प्रहरी कार्यालय तुलसीपुर एक हजार ९५ लिटर, पत्रकारतर्फ पत्रकार महासंघलाई ५ सय ७६ लिटर, सशस्त्र प्रहरी बल बेश १६५ लिटर, संघसंस्थालाई ५९० लिटर, दलका भातृसंगठनलाई २३० लिटर प्रदान गरिएको छ । त्यस्तै एनजीओ, आईएनजीओलाई २०५ लिटर, सांसदलाई २०६ लिटर, ब्यक्ति बिशेषलाई ३ हजार पाँचसय ९७ लिटर प्रदान गरिएको छ । 

उपमहानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा सोही बराबरको इन्धन वितरण गरेको छ । जम्मा ६ हजार ६ सय ६४ लिटर इन्धन त्यसरी वितरण गरेको पाइएको हो । जसबाट उपमहानगरपालिकालाई १२ लाख बढी घाटा भएको छ ।

यस्तै अनियमितता कारण अघिल्लो बर्षहरुमा पनि तुलसीपुर उपमहानगरपालिकाले नेपाल सरकारले दिंदै आएको सुत्केरी भत्ता लगायत थुप्रै जनता लक्षित कार्यक्रमहरु समेत कटौती गरेको थियो । एकातिर उपमहानगरपालिकालाई हाल विगतको दायित्व तिर्नुपर्ने अवस्था छ भने अर्कोतिर यसरी फजुल खर्च बढाईरहेको छ । जसले गर्दा आर्थिक वर्ष २०७९/८० मा पुजीगत खर्च न्यून रहेको छ ।

यस विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्न खोज्दा आफु भर्खर मात्र जिम्मेवारी लिएको हुँदा यस विषयमा केही जानाकारी नभएको बताए । सोही पालिकामा कार्यरत यान्त्रिक ईन्धन व्यवस्थापक केशव डाँगीले भने निर्वाचनको समय, विपदको बेला र चाडपर्वको समय पनि भएको कारण कुनै पनि आपराधिक घटना नहोस् भनेर प्रहरीलाई गस्ती परिचालन गराउने उद्देश्यले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीयको स्वीकृतीमा उनीहरुको माग बमोजिम इन्धन दिएको बताए ।

एकातिर उपमहानगरपालिकालाई हाल विगतको दायित्व तिर्नुपर्ने अवस्था छ भने अर्कोतिर यसरी फजुल खर्च वृद्धि भैरहेको छ । जसले गर्दा आर्थिक वर्ष २०७९/८० मा पुँजीगत खर्च न्यून रहेको छ । साभार : बुटवल टुडे

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार