अखिल (क्रान्तिकारी) घोराही नगरको दोस्रो सम्मेलन सम्पन्न,अध्यक्षमा खुम रिजाल

डेली न्युजराप्ती       ४ भाद्र २०७९ २२:१३ मा प्रकाशित     601 No Comments

भदौ ४,घोराही। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी ) घोराही उपमहानगरपालिकाको दोस्रो सम्मेलन आज एक कार्यक्रमका बिच भब्य रुपमा सम्पन्न भएको छ।
सम्मेलनले खुम रिजालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा हिमाल वली, सचिवमा नबिन के सी, सहसचिवमा बिपना थापा,कोषाध्यक्षमा प्रकाश पुन रहेका छन।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका कार्यालय सदस्य एवम घोराही उपमहानगरका इन्चार्ज निर्मलको प्रमुख आतिथ्य,अखिल ( क्रान्तिकारी ) दाङ जिल्ला २५औं सम्मेलन आयोजक समितिका संयोजक खुमन पौडेल ,ने वि संघ घोराही का सभापति निरज पाण्डे ,नेकपा का दाङ जिल्ला सदस्य एवम गढवा इन्चार्ज महान,अनेम संघ क्रान्तिकारीकि केन्द्रिय सदस्य अशोका मल्ल ,अखिल (क्रान्तिकारी) दाङ जिल्लाका पुर्व सचिवालय सदस्यहरु एवम २५ दाङ जिल्ला सम्मेलन आयोजक समिती सदस्यहरु दिपक के सी,टार्जन वली,हिमाल केसी,अखिल(क्रान्तिकारी ) २५औं जिल्ला सम्मेलन आयोजक समिति सदस्यहरु दामोदर, ललिता मगर ,बिरेन्द्र के सी ,युवा संगठन नेपाल दाङ का सचिव पदम चन्द,युवा संगठन नेपाल घोराहीका सचीव शिशिर ,युवा संगठन नेपाल दाङ जिल्ला सदस्य बिजय चन्द,रोल्पाली विद्यार्थी मन्च दाङ कि उपाध्यक्ष रुपकला ,नेविसंघ घोराही नगर सदस्य अनिश चौधरी को बिशेष उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो।

विपना थापा को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता खुम रिजालले गरेका थिए भने सहजिकरण नवनिर्वाचित सचीव नबिन केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार