जनपत्रकारहरुले आवाजविहिनहरुको आवाजलाइ बुलन्द गर्दै वैज्ञानिक समाजवादका पक्षमा कलम चलाउनुपर्छ:शितल

डेली न्युजराप्ती       १२ श्रावण २०७९ १८:३८ मा प्रकाशित     306 No Comments


साउन १२,घोराही। नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनपत्रकारहरुले आवाजविहिनहरुको आवाजलाइ बुलन्द गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि कलम चलाउनुपर्ने बताए।
जनपत्रकार संगठन नेपाल दाङको तेस्रो बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै नेता शितलले उक्त कुरा बताएका हुन।
उनले भने– ‘पत्रकारिता क्षेत्रपनी पक्षधरतामा छ। हामिले श्रमजीवी जनताका पक्षधरतामा कलम चलाउनुपर्छ।आवाजविहिनहरुको आवाजलाइ बुलन्द गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि कलम चलाउनुपर्छ।’

एक फरक प्रसंगमा बोल्दै नेता शितलले नेपाल कम्युनिस्ट पार्टी संसदीय व्यवस्थामा गएको भन्ने हल्ला सत्य नभएको स्पष्ट पारे। उनले भने– ‘हामी संसदवादका विरुद्ध निरन्तर बिद्रोहमा छौँ। दलाल पुजीवादी संसदीय व्यवस्थालाई खरानी नपारेसम्म हाम्रो लडाइ रोकिन्न। यसपटकको दलाल सत्ताको स्थानीय निर्वाचनलाई संघर्षको भिन्न मोर्चा बनाएर प्रयोग गरेका हौं,संसदवादी हुनका लागी गरिएको प्रयोग होइन।’

पार्टीबाट चोइटिएर गएका धर्मेन्द्र-सुदर्शनहरुले विप्लव संसदवादी भए भनेर जति होहल्ला गरेपनी जनताले नपत्याउने नेता शितलको जिजिर थियो। विप्लवलाई संसदवादीको आरोप लगाउने धर्मेन्द्र-सुदर्शनलाइ जनताले पत्याएनन,उनले अघि भने– ‘धर्मेन्द्र-सुदर्शन आफै घुमाइफिराइ संसदवादी बन्न खोजेका छन तर भ्रम हाम्रो पार्टीका विरुद्धमा गर्ने गर्छन। दलाल सत्तामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा बोकेका उनिहरु नै संसदवादी बन्न खोजेको प्रष्ट हुन्छ। हामी जनतालाइ कुनै सुधारवादी नारा दिएर झुक्याएका छैनौं,हामी स्पष्ट गर्न चाहान्छौ,दलाल पुजीवादका विरुद्ध अन्तिम सास रहुन्जेल लडिरहन्छौ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार