सक्सेसमा निर्वाचन प्रक्रियाद्वारा इको क्लबको नयाँ नेतृत्व चयन

डेली न्युजराप्ती       ५ जेष्ठ २०८० २२:३४ मा प्रकाशित     453 No Comments

तुलसीपुर, ५ जेठ । तुलसीपुर ९ बेलुवामा रहेको सप्तरंगी इङलिस बोर्डिङ स्कुल (सक्सेस एकाडेमी )मा विद्यार्थिहरु द्वारा नेतृत्व चयनका लागि इको क्लवको निर्वाचन सम्पन्न भएको छ । विद्यार्थिहरुलाई निर्वाचन प्रक्रिया तथा प्रजातान्त्रिक प्रणालिको वारेमा व्यवहारिक पद्धतिवाट सिकाउनका लागि उक्त निर्वाचन सम्पन्न गरिएको जानकारी विद्यालयका प्रधानाध्यापक प्रदिप वलीले दिनु भएको छ । विद्यालयमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रनिस खरालले १२१ मत प्राप्त गरि विजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अंकित वुढा मगरले ७५ मत प्राप्त गरेका छन् । यसै गरि निर्वाचन अधिकृत शेर सिंङ
डांगीका अनुसार उपाध्यक्षमा रक्षा गिरीले १२१ मत, सचिवमा अर्जुन धितालले ९० मत, कोषाध्यक्षमा टंक डांगीले १७९ मत,छात्रा सदस्यमा पुर्णिमा डांगीले ९१ मत र खुल्ला सदस्यमा निशान के.सी.र प्रमोद के.सी.ले क्रमश ५६ र ५२ मत प्राप्त गरि विजय भएका छन् ।

विद्यालयले प्रत्यक वर्ष विद्यार्थिको नेतृत्व विकासका लागि निर्वाचन प्रक्रियाद्वारा इको क्लवको निर्वाचन गराउदै आएको छ । निर्वाचित सक्सेस इको क्लवले समुदायसंगै बिधालय परिसर भित्र वातावरण संरक्षण तथा सरसफाई सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी बिद्यालयका सहायक प्रधानाध्यापक गोपाल गिरीले दिनु भएको छ। विद्यालयमा सम्पन्न पाचौं सक्सेस इको क्लबको निर्वाचनको सहजिकरण विद्यालयका मा.वि संयोजक विमल नेपालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार