असोज १९,दाङ ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
शनिबार संस्थाको तुलसीपुर -५ स्थित केन्द्रीय कार्यालयमा साधारणसभा सम्पन्न भएको हो ।
सहकारी संस्थाको तेस्रो साधारणसभाले संस्थाका सचिव रै बहादुर बस्नेतद्वारा प्रस्तुत प्रतिवेदन तथा वार्षिक कार्ययोजना पारित गरेको छ ।
साथै साधारणसभामा कोषाध्यक्ष रेखा रोका क्षत्रीद्वारा प्रस्तुत प्रतिवेदन तथा वार्षिक कार्ययोजना समेत पारित गरेको हो ।
साधारणसभामा आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका कामहरुको विवरण पेश गरिएको थियो भने आगामी वार्षिक योजना र नीति तथा कार्यक्रमहरु समेत तय गरिएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष प्रदिप बहादुर वलीले स्वागत मन्तव्य सहित समग्र संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए ।
संस्थाले आ.ब.२०८०/०८१ को आम्दानी ३ करोड ६१ लाख ६३ हजार ३ सय ४२ रुपैयाँ र जम्मा खर्च ३ करोड ५९ लाख ५६ हजार १ सय २ रुपैयाँ बराबरको आयब्यय पेश गरेको छ । संस्थाको नगद मौज्दात २ लाख ७ हजार २ सय ३९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले नेपाल संस्कृत बिश्वबिद्धालयको करिव २५ बिघा जग्गा भाडामा लिएर माछापालन , फुल खेती , कागती खेती , केरा खेती लगाएतको उत्पादनका कामहरु अगाडी बढाएको जनाइएको छ ।
साथै संस्थाले आगामी कार्यक्रममा एग्रो टुरिजम पार्क सञ्चालन गर्ने , विभिन्न पशुपालनको क्षेत्रमा काम गर्ने लगाएतका कार्ययोजना तर्जुमा गरेको छ भने शेयर सदस्य संख्या अधिकतम वृद्धि गर्ने योजना बनाएको छ ।
संस्थाको तेस्रो साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीले सहकारीको उद्देश्य समाजवादी उत्पादन सहितको उत्पादन सहकारीमा विकास गर्न जोड दिए ।
उनले भने– ‘ सहकारीहरु रकम ब्याजमा लगाएर नाफा कमाउने भन्दापनी बृहत उत्पादनको नितिमा चल्नुपर्छ । नाफा र ब्याज भनेको ठूलो रकमले सानो रकमलाई निल्दिने कुरा हो । अथवा पुजिपतीहरुले निम्न वर्गको पुँजीलाई नियन्त्रण गर्ने कुरा हो ब्याज र नाफाको कुरा । त्यसैले यो सहकारी उत्पादनको भण्डारण गर्ने सहकारी हुनुपर्छ । मुल्यवृद्धी हुने कुरा उत्पादनको वृद्धि हुने हो , ब्याज र नाफाले होइन ।’
‘सहकारी समाजवादी मोडेलको आधारमा अगाडि बढाएर दुनियाँलाई सन्देश दिन सक्नुपर्दछ । हामिले सहकारीको माध्यमबाट नेपाली जनतालाई समृद्धिको यात्रामा संगसंगै हिडाउन सक्नुपर्छ । यो अभियानबाट रोजगारीको सिर्जना गर्नुपर्दछ । काम गर्ने मजदुरलाई समाजवादी सिद्धान्त अनुरुप काम अनुसारको ज्यालाको व्यवस्था मिलाउनुपर्छ । सहकारीका बिषयमा सबै शेयर सदस्यहरुलाई दक्ष बनाउने तालिमको व्यवस्था मिलाउन सके अझ बढी प्रभावकारी हुनुसक्दछ ,’ उनले भने।
प्रमुख अतिथी शितल सीले वर्तमान अवस्थामा सहकारी केही मान्छेका कारण बदनाम भएकाले यस्तो अवस्थामा सहकारी चलाउन अत्यन्त कष्टकर हुने बताए ।
साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य सविन सीले एकीकृत कृषि सहकारी एकीकृत स्वामित्वका आधारमा चलेकाले यसले समग्र देशको समृद्धिको नेतृत्व गर्ने बिश्वास व्यक्त गरेका थिए ।
नेता सविनले भने – ‘सामूहिक स्वामित्व र सामूहिक निर्णयमा आधारित सहकारी प्रणाली हो, जसको उद्देश्य आर्थिक समानता, सहकार्य, र सामूहिक कल्याणलाई प्रवर्द्धन गर्नु हो।’
संस्थाको तेस्रो साधारणसभामा नेकपाका केन्द्रीय सल्लाहकार सुन्दर सी , नेकपा दाङका सेक्रेटरी तिलक सी , नेकपाका घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सी , संस्थाका लेखा सुपरिवेक्षण समितिका सदस्य निर्मला डिसी , संस्थाका शेयर सदस्य बिजय मल्ल , जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक हेमन्त प्रकाश वलीले शुभकामना मन्तव्य व्यक्त गरेका हुन् ।
यस्तै साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा अतिथीहरुले सदस्यको स्वामित्व , समान निर्णय शक्ति , सामुहिक लाभ , सहयोग र सामुहिकता , समाजमा योगदान लगाएत समाजवादी सहकारीहरू व्यक्तिगत फाइदा भन्दा सामूहिक हितलाई प्राथमिकता दिने, सदस्यहरूबीच आर्थिक समानता र न्याय स्थापित गर्ने उद्देश्यले सञ्चालन गर्ने कुरामा जोड दिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा पार्टीका केन्द्रीय सदस्य सविन सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , नेकपाका दाङ जिल्ला सेक्रेटरी तिलक सी , नेकपा घोराहीका इन्चार्ज विकाश सी , संस्थाका लेखा सुपरिवेक्षण समितिका सदस्य निर्मला डिसी , जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वली लगाएतको आतिथ्यता रहेको थियो ।
सहकारी संस्थाका अध्यक्ष प्रदिप बहादुर वलीको अध्यक्षमा सम्पन्न तेस्रो साधारणसभाको सञ्चालन संस्थाका सचिव रै बहादुर बस्नेतले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.