बस्यालद्वारा एमाले परित्याग, नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

डेली न्युजराप्ती       ४ आश्विन २०७८ ०५:२८ मा प्रकाशित     615 No Comments


न्यूजराप्ती,दाङ। दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-९ निवासी दुर्गा बस्यालले नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन।

भाद्र २८ गते पार्टी प्रबेशको बिज्ञप्ति जारी गर्दै बस्यालले आफू बिगत २०५६ सालसम्म नेकपा(एमाले) को बिभिन्न जिम्मेवारीमा रहि काम गरेको र केही बर्षयता कुनै जिम्मेवारीमा नरहेको साथै उक्त पार्टीले देश र जनताको हितमा र मुक्तिको लागि कुनै काम नगर्ने,कम्युनिस्टको नाममा जनतालाइ भ्रम दिदै गुमराहामा पार्ने लगाएतका गतिविधिप्रती चित्त नबुझी पार्टी प्रबेश गरेको उल्लेख गरेका छन।
हाल नेपालमा जनताको मुक्ती,राष्ट्रियता,जनजिबिका लगाएतका सवालमा काम गरिरहेको अर्थात एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य सहित अगाडि वढेको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेको प्रेस बिज्ञप्ति मार्फत बस्यालले जनाएका छन।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार