दाङमा चोरीका ६ वटा मोटरसाइकल सहित ३ जना पक्राउ

डेली न्युजराप्ती       ७ श्रावण २०७९ ०६:५४ मा प्रकाशित     219 No Comments


तुलसीपुर। दाङ प्रहरीले विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोट घर भई घोराही उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय मदन पुन, तुलसीपुर उपमहानगरपालिका १८ दुधरास बस्ने १८ वर्षीय बादल नेपाली र रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका ९ सखी घर भई हाल घोराही उपमहानगरपालिका १४ बस्ने ३० वर्षीय भानु भक्त बाठा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुको साथबाट लु ३७ प ८३४३ नम्बरको पल्सर,रा ६ प ४१५४ नम्बरको पल्सर,रा २ प ९३४४ नम्बरको पल्सर, लु ६० प ३४९१ नम्बरको एफजेट,रा ६ प ४३०१ नम्बरको एनएस र रा ६ प ३३८८ नम्बरको पल्सर मोटरसाईकल बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका तीन जनालाई मुलुकी फौजदारी कार्यविधि २०७४ अनुसार कारवाही प्रकृया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार