जनपत्रकार संगठन नेपाल,बाकेको प्रथम जिल्ला भेला सम्पन्न

डेली न्युजराप्ती       २३ पुष २०७८ १८:५६ मा प्रकाशित     316 No Comments


अध्यक्षमा कमल प्रसाद अधिकारीकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन

यमु कँडेल,बाँके। जनपत्रकार सङ्गठन नेपाल बाकेको प्रथम जिल्ला भेला कोहलपुरमा एक कार्यक्रम विच सम्पन्न भएको छ । भेलाले सङ्गठनका जिल्ला संयोजक कमल प्रसाद अधिकारीको अध्यक्षतामा १० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
बाके जिल्लाको कोहलपुरमा सप्पन्न उक्त भेलालाई कार्यक्रमका प्रमुख अतिथी दिपक चलाउनेले दिप बालेर कार्यक्रमको समुउत्घाटन गर्नु भएको थियो ।
`प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो एक्यवद्धता मानवाधिकार रक्षा र बैज्ञानिक समाजवादको लागि जनपत्रकारिता´ भन्ने मुल नाराका साथ कार्यक्रममा कमल प्रसाद अधिकारिलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचन भएका छन साथै उक्त भेलाले १० जिल्ला कमिटी सदस्य निर्माण गरेको छ।जसमा
कमल अधिकारी,किशोर शाही,सुरेश वैध,दिनेश न्यौपाने,शरद ओलि,तनुजा थापा,विकास विक,सुहाना तिरुवा,ज्ञानु खड्का,यमु कडेल सर्वसम्मत निर्वाचित भएका छन।
उक्त भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दिपक चलाउनेले जनपत्रकार संगठन पारिश्रमिक लिने संगठन हैन यो श्रमजीवी पत्रकारको संगठन हो जस्ले जनताको पक्षमा बोल्छ उहीँ श्रमजीवी पत्रकार हो जनपत्रकार संगठनले जनताको हकहितको लागि बोल्नेछ ।यो संगठन सर्वहाराको न्यायको पक्षमा बोल्ने संगठन हो अब जनताको आवाज समेट्ने किसिमको कार्यक्रम राख्नुपर्ने सुझाव दिएका छन।
साथै उनले कार्यक्रममा गाँस ,बास ,कपास ,शिक्षा ,स्वास्थ,रोजगारी सबै नागरिकलाई सरकारले दिनुपर्ने हुन्छ भनेका छन। अहिले नेपालम्क्क ४५ % जनता गरिबी रेखाको मुनिमा छन।लाखौ मानिसहरु घरवारविहीन छन।तपाइँ हामिले शिक्षा हासिल गर्न धेरै खर्च गर्नुपर्छ । विभिन्न विद्यालय कलेजहरुमा नभएको फि असुली राखेका छन ।कतिपय विद्यार्थीहरु फि तिर्न नसकेर घरमै बसिरहेका छन पढ्न पाएका छैनन।उनिहरुलाइ शिक्षा निशुल्क दिनुपर्ने हुन्छ।
स्वास्थको कुरा गर्ने हो भने विभिन्न मेडिकल माफियाहरुले चरम पैसा असुलिरहेका छन एउटै रड ४-५ पटक प्रयोग गरेर बिरामीहरुलाइ दुख दिइरहेका छन। जनताको पैसा असुली राखेका छन ।
साथै मानवअधिकारको पक्षमा पत्रकार साथिहरुले कलम चलाउनु पर्नेछ। पत्रकार साथिहरुले यस्ता खालका गतिविधिहरु बाहिर निकालेर पर्दाफास गर्नुपर्ने हुन्छ ।यसमा हाम्रा जनपत्रकारका साथिहरुलाई हाम्रो पार्टी बाट पुर्ण रुपले सहयोग गर्ने समेत नेकपा बाके बर्दिया इन्चार्ज दिपक चलाउनेले प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा भनाई राख्दै जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य वसन्त बिकले
पत्रकार संगठन स्वतन्त्र हुनुपर्छ र बैज्ञानिक समाजवादको लागि संघर्ष गर्नुपर्ने हुन्छ बताएका छन। उनले जनपत्रकार संगठनले जनताको पक्षमा आवाज उठाउन्छ र उठाउदै आएको छ।।हाम्रो मिसन भनेको जनताको हकहितको लागि बोल्ने हो हामी सर्वहाराको पक्षमा कलम चलाउन्छै यो देशमा श्रमजीवी,क्रान्तिकारी पत्रकारको नेतृत्व गर्नेको लागि जनपत्रकार संगठनको स्थापना भएको हो भन्दै उनले भेला आयोजक समिती र नया कार्यसमितिका टिमलाई जनपत्रकारका केन्द्रिय सदस्य वसन्त बिकले मन्तव्य सहित बधाई व्यक्त गरेका छन।
साथै कार्यक्रममा नेकपा बाके,बर्दिया इन्चार्ज दिपक चलाउने ,जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य बसन्त बिक,युवा संगठनका अध्यक्ष ,अखिल क्रान्तिकारीका पदाधिकारीहरु,विभिन्न राजनीतिक दलका व्यक्तिहरू , बाकेका क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार