नेपालगञ्ज तनावग्रस्त, प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यु जारी 

डेली न्युजराप्ती       १६ आश्विन २०८० १५:४२ मा प्रकाशित     112 No Comments

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय  बाँकेले नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको  छ । प्रशासनले  हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज दिउँसो १२ बजेदेखि कर्फ्यू जारी गरेकोको हो ।

हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रशाशन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।

आज मंगलबार बिहानै नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव ¥याली निकालिएको थियो ।

तर, सद्भाव र्यालि निकालिएपनि हिन्दु समुदायले नेपालगञ्ज बन्दको आह्वान गर्दै जुलुस निकालेर तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यु जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार