युवा संगठन नेपाल कैलालीद्वारा उम्मेदवार बलाएर चढेको गाडी तोडफोड,कमिसनखोरी भएको आरोप

डेली न्युजराप्ती       ३ मंसिर २०७९ १०:२९ मा प्रकाशित     121 No Comments

मंसिर ३ , दाङ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कैलालीले कैलाली क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वीर बहादुर बलाएर चढेको गाडी तोडफोडको जिम्मा लिएको छ ।
संगठनले मंसिर २ गते हिजो एक प्रेस बिज्ञप्ति जारी गर्दै उम्मेदवार बलाएर गाडी तोडफोड गरि सांकेतिक कारवाही गरिएको जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ – ‘कैलाली जिल्लामा कथित उम्मेदवार मध्य भ्रष्ट , राजनीतिक दलाल , जनतामा झुठो आश्वासन दिने ठग , गुण्डाहरुको नाइके समेत रहेको संघ क्षेत्र नं.४ को उम्मेदवार वीर बहादुर बलाएर चढेको गाडी गोदावरी ३ चौकीडाडामा तोडफोड गरि सांकेतिक कारवाही गरिएको आम जनसमुदाय र संचारमाध्यमलाइ जानकारी गर्दछौं ।’

साथै युवा संगठन नेपाल कैलालीका इन्चार्ज म्याक्स सीद्वारा जारी बिज्ञप्तिमा वलाएरलाई कारवाही गर्नुका कारणहरुमा भ्रष्ट र कमिसनखोरी भएको , राजनीतिक दलाल भएको , बजेट ठेक्काको काममा कमिसनखोरी काम गरेको , जनतामा विकासको नाममा झुटको खेती गरेको , राजनीतिक संरक्षणमा गुण्डागर्दी काम गरेको , चुनावको लागि पैसा खर्च गरेर मतदाता खरिद गरेको लगाएतका कारणहरु उल्लेख गरिएको छ ।
प्रेस बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार