वर्गमुक्ति र देशको स्वाधिनता जनपत्रकारहरुको मुख्य गन्तव्य हो: उमा भुजेल

डेली न्युजराप्ती       ११ श्रावण २०७९ १९:५७ मा प्रकाशित     191 No Comments


नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य तथा कास्की – गोर्खा जिल्ला इन्चार्ज उमा भुजेल(शिलु)ले नेपालका उत्पीडित जनताको वर्गीय मुक्ति र साम्राज्यवादी दलाल पुजिवादको राष्ट्रिय उत्पीडनबाट देशलाई स्वाधीनता दिन जनपक्षीय पत्रकारिता मार्फत जनपत्रकारहरुले काम गर्नु पर्ने र त्यसलाई आफ्नो पत्रकारिताको अन्तिम गन्तव्य बनाउनु पर्ने उल्लेख गर्नु भएको छ।
जनपत्रकार संगठन नेपाल गण्डकी प्रदेश समन्वय समितिद्वारा बुधबारबाट कास्कीको पोखरा स्थित तमु समाजको हलमा शुरु गरिएको आधारभुत पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्तव्य राख्ने क्रममा नेतृ शिलुले यस्तो बताएकी हुन।

जनपक्षीय मिडियाकर्मिहरुको उत्पादन र पेशागत दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजित तालिम तथा प्रशिक्षणको क्रममा पार्टी केन्द्रिय सदस्य भुजेलले भनिन– ‘हाम्रो राजनिती यात्राको क्रममा चाहे विगतको भौतिक लडाइमा होस , चाहे आजको शान्तिपुर्ण राजनितीमा , पत्रकारिता र मिडिया निकै महत्त्वपूर्ण र कतिपय सन्दर्भमा त निर्णायक हुन गएको छ। वन्दुकले समेत गर्न नसकेका काम मिडियाले गर्न सक्छ , वन्दुकको आफ्नो ठाउमा मह्त्व होला तर पत्रकारिताको सवैतिर महत्व छ । यसले तथ्यहरुलाई खोज्ने,बाहिर ल्याएर जनताहरु माझ पस्किने र तथ्यहरुलाइ बाहिर ल्याउछ भने अर्को तिर नागरिक लाई सुसज्जित गर्दै समाजलाई अग्रगमनको दिशामा समेत डोर्‍याउन मद्दत गर्छ , उनले भनिन” हाम्रो देशको स्थिति निकै खराव अवस्थामा छ ।भ्रस्टाचार , महङ्गी , गरिबी, असमानता र विदेशी हस्तक्षेप उत्कर्समा देखिन्छ। यसको मुख्य कारण मुलुकको गलत शासन प्रणाली नै हो, यसलाई नबदली हामिले परिवर्तनको अनुभुती गर्न असम्भव छ।’

देशको विग्रदो स्थित र सत्तासिन शासकहरुले नै नेपाल कतै श्रीलंका त बन्दैन ? भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेको बेला फेरि केन्द्रिय सदस्य भुजेलले थपिन,”राजनैतिक दलहरुको इतिहासमा काङ्ग्रेसले सवै भन्दा बढी शासन गरेको छ, एमालेहरुले पनि थुप्रै पटक सरकारमा रहेर काम गर्यो , पछिल्लो पटक माओवादी समेत सत्तारुढ हुँदै आएको छ , उनिहरुको शासनमा उनिहरुले घर घरेडी जोडे , गाडी चढ्ने भए, चुनावमा करोडौं खर्च गर्न सक्ने हैसियत बनाए तर जनताको जिवनस्तर वदलियको खै? समान्य जनताले राज्यका आधारभुत सार्वजनिक सेवा समेत पाउन गार्हो छ। हामी यो स्थिति बदल्न चाहान्छौ, त्यो भनेको बैज्ञानिक समाजवादका लागि हाम्रो क्रान्तिलाइ पूरा गर्ने कुरा हो, हामी त्यसका लागि निरन्तर अगाडि वढ्छौ।जहाँ भेदभाव बिनाको राज्य स्थापना हुनेछ।”

त्यस्तै आधारभुत पत्रकारिता तालिममा विशेष अतिथिको रुपमा उद्घाटन शत्रमा प्रशिक्षण मन्तव्य राख्दै संगठनका केन्द्रिय संयोजक शेरबहादुर विश्वकर्मा ” दर्शन ” ले हामिले गर्ने पत्रकारिताको अन्तिम मिसन बैज्ञानिक समाजवाद हो , हामी त्यसलाई हासिल गर्न र समाजवादी क्रान्तिको अपरिहार्यता तथा अवधारणागत प्रस्टताका लागि पत्रकारिता गर्दैछौ, स्वतन्त्र तथा व्यवसायिक पत्रकारिताको पनि अन्तर्निहित मिशन हुन्छ तर उनिहरु आफुलाई स्वतन्त्र र पेशागत छौ भन्ने देखाउन खोज्छन तर पत्रकारितामा पेशागत बनाउने नाममा सत्यको तडमरोड हुने गरेको छ भन्दै पत्रकारितालाई पेशागत र मिशनमा आधारित भनेर अलग्याउन नसकिने उल्लेख गरे।

संगठनका केन्द्रिय सदस्य के बि गाउलेले अध्यक्षता गरेको तालिममा सुदन बिश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन निरुता बिश्वकर्माले गरेकी थिइन। ३ दिन सम्म चल्ने आधारभुत तालिममा नेकपा कास्कीका सेक्रेटरी काजी गुरुङले समेत शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार