जनमतलाइ मान्छौ भने जनमतसंग्रहको घोषणा गर-शितल

डेली न्युजराप्ती       १८ श्रावण २०७८ १८:५५ मा प्रकाशित     641 No Comments


हेमन्त वली श्रावन-१८,तुलसीपुर।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनताको मतलाइ निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर्न संसदीय दलहरुलाई चुनौती दिए।

जिल्ला पार्टीले सोमबार तुलसीपुरको बिपि चोकमा आयोजना गरेको भारतिय एसएसबी द्वारा दार्चुलामा जयसिंह धामी हत्याको बिरोधमा आयोजित बिरोध सभालाइ सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताएका हुन।
इन्चार्ज शितलले केही प्रतिक्रियावादी,दक्षिणपन्थी,अबसरवादी र संसदवादीहरुले कम्युनिस्टलाई जनताको मत लिन तयार नहुने भन्ने हल्ला गर्ने गरेको प्रती आपत्ति प्रकट गरे।उनले भने,”आउनुहोस बिदेशिको हस्तक्षेप नहुने गरि संयुक्त प्रगतिशील सरकार बनाएर जनमतसंग्रह मार्फत व्यवस्था छान्ने चुनाव गरौ,जनमत कसले प्राप्त गर्छ थाहा हुन्छ”।

नेकपा जिल्ला इन्चार्ज समेत रहेका नेता शितलले दार्चुलामा भएको अमानवीय,घोर निन्दनीय घटनाका दोषीलाई कार्वाही गर्न,उचित क्षतिपूर्ति सहित बेपत्ताको तत्काल अवस्था सार्वजनिक गर्न माग गरे।उनले बारम्बार भारतिय साम्राज्यवादले नेपाली नागरिक र नेपालको राष्ट्रियता माथी धावा बोलिरहेको भन्दै अब निर्णायक लडाइ लड्न सबै राष्ट्रवादी,देशभक्त नेपालीहरु एकजुट हुन अपिल समेत गरे। नेता शितलले यो दलालहरुको व्यवस्थाबाट राष्ट्र र राष्ट्रियताको रक्षा नहुने भन्दै वास्तविक शान्ती,समृद्धि,स्वाधीनता,जनताको अधिकार प्राप्तिका लागि बैज्ञानिक समाजवाद स्थापनाको बिकल्प नरहेको जिकिर गरे।
उनले बैज्ञानिक समाजवाद प्राप्तिका लागि पार्टीले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिने राजनितिक कार्यनीति लिएको स्पष्ट पारे।

बिरोध सभालाइ सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले देश,जनताको पक्षमा संघर्ष गरेकै कारणले दलालहरुले प्रतिबन्ध लगाएको बताए।सेक्रेटरी प्रदिपले प्रतिबन्ध लगाएर आफुहरुलाइ समुल नष्ट गर्ने नीति राज्यले अख्तियार गरेको पनि बताए।उनले भने,”हामिलाइ सिध्याउने प्रयास गरेकै हुन तर हामी संग पनि आफ्नै मौलिक क्रान्तिको कार्यदिशा थियो”।उनले आफुहरुले बैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरि नेपाली जनतालाइ समृद्धिको बाटोमा लैजान चाहेको बताए।सेक्रेटरी प्रदिपले यो व्यवस्थालाई समुल नष्ट नगरेसम्म गोबिन्द गौतम र जयसिंह धामीहरु जस्ता युवाहरु मारिनुपर्ने अवस्था जारी रहने भन्दै यो व्यवस्थाको बिकल्पमा जनताको बैज्ञानिक समाजवाद स्थापना अपरिहार्य आवश्यक्ता रहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटनले भारतीय साम्राज्यवादका विरुद्धको लडाइमा खरानी हुने तर साम्राज्यवादिहरु संग नझुक्ने बताए।नेपाली नागरिकलाई बेपत्ता पार्ने,हत्या गर्ने जस्ता जघन्य अपराध हुदा समेत यो राज्य चुइक्क बोल्न नसकेको प्रती घोर आपत्ति प्रकट गर्दै संसदवादी दलहरु जनतालाइ शोषण,दमन मात्रै गर्न जानेको बताए।
संयोजक पाटनले एमसिसी पास गर्ने धृष्टता नगर्न राज्यलाइ चेतावनी दिए। एमसिसी सम्झौता राष्ट्रको हितमा नभएको,नेपाली जनताहरु यसको विरुद्धमा भएकाले सम्झौता खारेज गर्नुपर्ने संयोजक पाटनको भनाइ थियो।

बिरोध सभा कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर इन्चार्ज बिकाशले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार