सल्यान दुर्घटना परि मृत्यु हुनेको संख्या ३ पुग्यो!

डेली न्युजराप्ती       २१ असार २०८० २१:१८ मा प्रकाशित     214 No Comments

तुलसीपुर, २१ असार । सल्यानको कपुरकोट गाउँपालिका ३ मा करेन्ट लागेर गम्भिर घाइते भएका एकजनाको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको छ । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रु बाहक बसले विद्युतीय तारलाई छुदा करेन्ट लागेर आज बिहान वावु छोराको मृत्यु भएको थियो भने एक जना गम्भिर घाइते भएका थिए । करेन्ट लागेर गम्भिर घाइते भएका गाडी धनी सल्यानको छत्रेश्वरी गाउँपालिका –६ निवासी ३३ वर्षका महेन्द्र वलीको पनि उपचारकै क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

बसमा सवार रोल्पाको गंगादेव गाउँपालिका –४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षका टोपलाल डाँगीको भने घटना स्थलमै मृत्यु भएको हो । तुलसीपुर सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतिय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा आज बिहान दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार