रुसी वागनर समुहका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु !

डेली न्युजराप्ती       ७ भाद्र २०८० ०९:५४ मा प्रकाशित     140 No Comments

काठमाडौँ । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटनामा प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसले पुष्टि गरेको छ । विमान दुर्घटनामा पर्नेहरुमा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि रहेको पनि रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीले जनाएको छ ।
वागनर प्रमुख सवार विमानमा कसैले आक्रमण गरेको हो वा प्राविधिक गडवडी हो भन्ने यकिन भइसकेको छैन । दुर्घटनापछि आगो लागेको विमानमा सवार कोही पनि जिवित नरहेको बताइएको छ ।
प्रिगोजिनको नेतृत्वमा वागनर सैनिकले रुसको तर्फबाट युक्रेनमा लामो लडाई लडेका थिए । विशेषगरी युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो । उनले दुई महिना अघि आफ्नो सैन्य समूह लिएर मस्को कब्जा गर्ने धम्की दिएका थिए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार