सत्ताको बन्दुक विरुद्ध प्रतिरोधमा उत्रीएका लप्सीफेदीका जनता!

डेली न्युजराप्ती       २१ पुष २०७९ २३:३५ मा प्रकाशित     237 No Comments

काठमाण्डौं : अमेरिकी परियोजना एमसिसी लाई तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारले संसदबाट पारित गरिसकेको छ । त्यसै अन्तर्गतको विद्युत प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागेको भन्दै काठमाडौंको शंखरापुर नगरपालिका–३ मा सरकारले प्रहरी प्रशासन को प्रयोग गरी बस्ती उठाउन खोजेको छ ।

तर लप्सीफेदीका स्थानीयहरु जनताहरूले भने निरन्तर विरोध जनाइरहेका छन् । ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउँदा राज्यले औपनिवेशिक लादेको र करिब २ सय रोपनी जग्गा अधिग्रहण गरेर त्यहाँका रैथाने समुदायलाई विस्थापित पार्न खोजिएको भन्दै स्थानीयहरु राज्य विरुद्ध प्रतिरोधमा उत्रिएका हुन् ।

६ सय भन्दा बढी घरधुरीमा रहेका आदिवासी तामाङ समुदायहरु २ सय रोपनीभन्दा बढी जमिन अतिक्रमण हुने भएपछि आफ्नो परापूर्व कालदेखिको जमीन बचाउन पर्ने माग सहित स्थानीय विरोधमा छन् । तर राज्यले भने प्रहरी प्रशासनको डर धम्की देखाई स्थानीय माथि बर्बरता देखाएको छ र जग्गा नाप्ने कामलाई अगाडि बढाउँदै छ ।स्थानीय वासिन्दाले भने झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बीचमा सब स्टेशन निर्माण गर्न लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार