काठमाडौं । रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ । अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए । मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दुरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले अमेरिकासँग लड्ने योजना नभएको तर रणनीतिक हतियार मात्र आफ्नो लागि ठीक भएको बताए ।
इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको लुकाशेन्कोले बताए । लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहेका छन । फब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो ।
रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू पनि पर्छन् । -एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.