नारा समेत लेख्न नदिएर कार्यकर्ता गिरफ्तार गरेपछी नेकपा दाङले भन्यो‘राज्यले युद्ध चाइरहेको छ’

डेली न्युजराप्ती       २१ कार्तिक २०७९ १५:०९ मा प्रकाशित     724 No Comments

कार्तिक २१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङ शान्तिपुर्ण कार्यक्रमबाट प्रहरीले आफ्ना नेता-कार्यकर्ता गिरफ्तार गरेपछी आक्रोशित बनेको छ ।
सोमबार घोराहीमा शान्तिपुर्ण ढंगले आसन्न संसदीय निर्वाचन खारेजीका लागि भित्तेलेखनको कार्यक्रमबाट प्रहरीले पार्टीका तीन नेता गिरफ्तार गरेपछी नेकपाले प्रशासनलाई कडा चेतावनी दिएको छ ।

डेलिन्युजराप्ती संग फोन संवादमा कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला सेक्रेटरी प्रदिपले भने– ‘हामी यो निर्वाचनलाई खारेज गर्ने भनेका छौँ । चुनाव खारेजिका लागि हामिले जिल्लामा शान्तिपुर्ण ढंगले भित्तेलेखन पोस्टरिङ ,पर्चा वितरण , घरदैलो अभियान संचालन गरिरहेका छौँ तर प्रशासनले शान्तिपुर्ण कार्यक्रममा अनावश्यक दमन गरिरहेको छ । शान्तिपुर्ण ढंगले कार्यक्रम गर्दा अनावश्यक दमन गरिरहे निर्वाचन खारेजी अभियानलाई प्रतिरोधात्मक संघर्ष समेत चलाउने चेतावनी दिन चाहान्छौ ।’
नेता प्रदिपले अघि भने– ‘हामी पर्चा वितरण गरिरहेका छौँ। भित्तेलेखन गरिरहेका छौँ । घरदैलो गरिरहेका छौँ तर राज्यले हाम्रा विरुद्धमा बन्दुक बोकेर आइरहेको छ । हामी शान्ती चाहेका छौँ तर सरकारले जबर्जस्त हामिलाइ युद्धमा धकेल्न चाहान्छ। यो चुनावमा हामी शान्तिपुर्ण ढंगले खारेजी अभियान चलाइरहेका छौँ तर प्रशासनले बन्दुकको सहारामा हाम्रा नेता-कार्यकर्ताहरुलाइ गिरफ्तार गरिरहेको छ ।’

नेकपाले गिरफ्तार परेका नेता-कार्यकर्तालाई अबिलम्ब रिहा नगरे प्रतिरोध संघर्ष अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
गिरफ्तार पर्नेहरुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम पार्टीका जिल्ला कमिटी सदस्य अशोका सी , पार्टीको सहायक संगठन युवा संगठन नेपालका जिल्ला सचिव एवम पार्टीका जिल्ला कमिटी सदस्य पदम सी , पार्टीका जिल्ला कमिटी सदस्य रेमन्त सी रहेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार