अखिल (क्रान्तिकारी) का महासचिव ललित सी गिरफ्तार,रिहा नगरे आन्दोलनमा जाने संगठनको चेतावनी

डेली न्युजराप्ती       ३ मंसिर २०७९ १०:२६ मा प्रकाशित     184 No Comments

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का महासचिव ललित सी आफ्नै कोठाबाट गिरफ्तार भएका छन् । मङ्सिर ४ गते हुने चुनावको पूर्व सन्ध्यामा सीलाई काठमाडौँको किर्तिपुरस्थित आफ्नै कोठामा रहेको बेला आज प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

महासचिव सीको गिरफ्तारीले राज्यको दमनकारी र दलाल प्रवृति पुष्टि भएको भन्दै अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरुले तुरुन्त रिहा गर्नु पर्ने अन्यथा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

साथै आज अखिल(क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहिले एक प्रेस बिज्ञप्ति जारी गर्दै गिरफ्तार संगठनका महासचिव ललित सीलाइ अबिलम्ब रिहा गर्न माग गरेका छन । अध्यक्ष शाहिद्वारा हस्ताक्षरित बिज्ञप्तिमा महासचिव ललित सीलाइ रिहा नगरे संगठन कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार