फागुन १६,दाङ ।
युवा संगठन नेपाल दाङले चैतमा पार्टीका महासचिव विप्लव सी सहभागी हुने जनमार्चमा जिल्लाभरी ५०० युवा परिचालन गर्ने निर्णय गरेको छ ।
बिहिवार घोराहीमा बसेको संगठनको तयारी बैठकले उक्त निर्णय गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविम सीको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम घोराही उप-महानगरपालिका इन्चार्ज पाटन सी , संगठनका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज पदम सीको आतिथ्यता रहेको थियो ।
तयारी बैठकको अध्यक्षता एवम सहजीकरण संगठनका जिल्ला अध्यक्ष शिशिर सीले गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी सहित शिर्ष नेतृत्व सहभागी हुनेगरि चैत १२ गते झापाबाट झापा-कञ्चनपुर जनमार्च सुरु गर्ने जनाएको छ ।
झापामा चैत १२ गते महासचिव विप्लव सीले जनसभालाई सम्बोधन गर्दै जनमार्च अभियानको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपाले जानकारी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.