तुलसीपुरको सशस्त्र प्रहरी वेस क्याम्प पछाडी सामुहिक बलात्कार:२ जना पक्राउ,२ जना फरार

डेली न्युजराप्ती       ४ असार २०७९ १३:२५ मा प्रकाशित     513 No Comments


तुलसीपुर, ४ असार । दाङको तुलसीपुरमा एक युवति माथि सामुहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । असार २ गते राति सवा ८ बजे सशस्त्र प्रहरी वेस क्याम्पको पछाडी रहेको गणेस चन्दको घरमा अपाङ्ग युवतीमाथि सामूहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो ।

३ जना युवाको समूहले युवतिलाई बलात्कार गरेर बिहान ३ बजे छाडिदिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । घटनामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्ष ३० का कमल चौधरी र २४ बर्षका शंकर विक रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । चन्दको घरको खाी रहेको थियो ।

पक्राउ परेका दुबैजना तुलसीपुर–९ निबासी हुन् । त्यसैगरी बलात्कारमा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका–९ निबासी अर्जुन विक र अर्जुन नेपाली फरार रहेका छन् । दुबै जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घटना संलग्न मध्य ३ जनाले सामुहिक बलात्कार गरेको र कमल चौधरीले युवतिलाई बोलाउने काम गरेको प्रहरीले बताएको छ । पक्राउ परेका बिरुद्ध प्रहरी जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार