दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर ३ वर्षीय बालको मृत्यु

डेली न्युजराप्ती       २१ असार २०८१ ०६:२५ मा प्रकाशित     51 No Comments

तुलसीपुर, २० असार । दाङको तुलसीपुरमा चना खाने क्रममा घाटीमा अट्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार बेलुका ५ बजेको समयमा स्कुलबाट आएर कोठामा पकाएको चना खाने क्रममा बालकको घाटीमा अट्किएको हो । उपचारका लागी सिटि हस्पिटल तुलसीपुरमा लगिएपनि डाक्टरले चेकजाँच गर्दा सवा ५ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार