हेमन्त प्रकाश वली ।
३० श्रावण , दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले माओवादी नेताकार्यकर्ताका फोहोरमैला धुने जिम्मेवारी पनि आफुहरुले पूरा गर्ने बताउनुभएको छ ।
मंगलबार टिभी ९ एचडीमा चर्चित पत्रकार सुगम सरोवरसंग भिडियो संवाद गर्दै नेता सविनले उक्त कुरा बताउनुभएको हो ।
माओवादी केन्द्रभित्र बहुसंख्यक नेताकार्यकर्ताहरु इमानदार , क्रान्तिकारी हुनुहुन्छ त्यसमा दुइमत छैन।’,भिडियो संवादमा बोल्दै उहाँले भन्नुभयो , ‘माओवादी केन्द्रभित्रका केहिलाई चाहिँ फोहोरमैला लागेको छ त्यो फोहोरमैला धुने जिम्मेवारी पनि पूरा गर्छौं। हामिले उहाँका मैलो भएका कपडाहरुलाई साबुन लगाएर , उहाँहरुका बिग्रेका आचरणहरुलाई क्रान्तिकारी आचरणको भट्टीमा हालेर र उहाँहरुले गरिरहेका खराब क्रियाकलापहरुलाई जनताको बिचमा गएर महसुस गराएर उहाँहरुलाई रुपान्तरण गर्छौ , बदल्छौ र पार्टीलाई राम्रो बनाएर अगाडि बढाउछौँ ।’
माओवादी आन्दोलनको नेतृत्व गर्न लायक नेता विप्लव हो ।’,भिडियो संवादमा बोल्दै उहाँले भन्नुभयो , ‘स्वभाविक रुपले पार्टी एकता हुँदा नेतृत्वको प्रश्नपनि महत्त्वपूर्ण हो । नेतृत्वको प्रश्नमा तपाईहरु सबै परिक्षण भइसक्नुभएको छ । जनताको बिचमा अलिअली बदनाम पनि भइसक्नुभएको छ । कामै नलाग्ने गरि बदनामित हुनुभएको छैन तर जनताको नजरमा तपाईंहरुप्रती बिश्वास गुम्दै गइरहेको छ । तपाइँहरुको आचरण , व्यवहार र विभिन्न क्रियाकलापका कारणले जनताको बिस्वास तपाईंहरुप्रती छैन त्यसकारणले नेतृत्वको जिम्मेवारी बाँडफाँड गर्ने बेलापनि निष्कलंक नेतालाई जिम्मेवारी दिनुपर्ने सम्बन्धमा कोहि अन्कनाउनु पर्ने जरुरी छैन् । माओवादी आन्दोलनको एकमात्र नेता , नेतृत्व गर्न लायक नेता , निष्कलंक नेता , देश बनाउने भिजन भएको नेता , क्रान्तिकारी नेता , देशभक्त नेता ,नेपालका निराश मान्छेलाई समाजवादको उज्यालो यात्रामा डोर्याइरहेको नेता विप्लव नै हो । नेपाली जनताहरुले एकपटक माओवादी आन्दोलनको नेतृत्व विप्लवलाई दिनुपर्छ भनिरहेका छन् । अझै जनताले एकपटक नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व विप्लवलाई दिउ भनिरहेका छन् । नेपालका कुनैपनी नेतासंग उर्जा छ भने , देश बनाउने हुटहुटी छ भने विप्लवसंग मात्रै छ ।’
प्रचण्डले जनयुद्ध र शान्ती प्रक्रियापछि केही कामको जिम्मेवारी गरेपनी पछिल्लो पटक पार्टी र देशलाई नयाँ दिशा प्रदान गर्न उहाँ असक्षम भएको नेता सविनले बताउनुभएको हो ।
‘उहाँको असमक्षताको कारणले पार्टीमा बिभाजन आएको हो , अहिलेपनी माओवादी पार्टीमा विभिन्न किसिमका अन्तरबिरोधहरु सिर्जना भइरहेका छन् , नेता सविनले भन्नुभयो ।’
समाजवादका बारेमा सोच्ने सबैसँग नेकपाले सहकार्य गर्छ ।’,उहाँले भन्नुभयो , ‘सहकार्य एजेन्डा , विचार , आचरण , नयाँ कार्यदिशामा हुने हो । सहकार्य देश र जनताको जीवन बदल्नका लागि हुने हो । कसैको अनुहार हेरेर , मुख हेरेर , बिगतकालमा यति काम गरेको थियो भनेर इतिहास हेरेर मात्रै सहकार्य हुँदैन । त्यसकारण जसले देशको बारेमा सोच्छ , जनताको बारेमा सोच्छ , समाजवादका बारेमा सोच्छ ती सबैसंग हाम्रो सहकार्य हुन्छ ।’
नेता सविनले नेपाली समाजले माओवादी आन्दोलनबाट जुन अपेक्षा राखेको छ त्यो अपेक्षा पूरा गर्न एकपटक प्रतिबद्धता जाहेर गर्दै आन्दोलनको पुनर्गठन एवम एकतावद्ध हुनका लागि आग्रह समेत गर्नुभएको छ ।
उहाँले अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाबाट देश र जनताको जीवन समृद्ध नहुने भएकाले पार्टीले यसको विकल्पमा नेपाली बिशेषताको समाजवादका लागि संघर्ष गरिरहेको समेत बताउनुभएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.