अदालतभित्रै आयोगका प्रमुखमाथी कालोमोसो दलेका युवा बने विप्लवका रुकुम कमाण्डर

डेली न्युजराप्ती       २७ भाद्र २०७९ १७:२५ मा प्रकाशित     2449 No Comments


भदौ २७,दाङ। नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)को सेक्रेटरीमा चन्द्र बहादुर बुढा निर्वाचित भएका छन।
नेकपा (रुकुम पश्चिम्)को छैठौं जिल्ला सम्मेलनबाट बुढा सेक्रेटरीमा निर्वाचित भएका हुन।
नेकपा रुकुम (पश्चिम्)को छैठौं सम्मेलनले युवा नेता चन्द्र बहादुर बुढालाइ सेक्रेटरीमा चयन गर्दै २७ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको नेकपाले जनाएको छ।
बुढा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो दलेर जनकारबाही गर्ने मध्यका एक युवा नेता हुन।

अखिल (क्रान्तिकारी) तत्कालीन केन्द्रीय सदस्यको हैसियतमा रहदा उनिसंगै अर्का केन्द्रीय सदस्य प्रकाश शाही लगाएतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो दलेर जनकारबाही गरेका थिए।
उक्त कालोमोसो घटनाले बुढा र शाहीलाई पार्टीपंक्तिमा परिचित बनाएको थियो।

प्रमुखमाथि कालोमोसो प्रहार भएपछि प्रहरीले दुबै जनालाइ गिरफ्तार गरेको थियो। नेता शाही र बुढा झण्डै १ महिनापछि हिरासतबाट रिहाइ भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार