‘भारतीय संसदको नक्साबाट नेपाली भूमीको नाम तुरुन्त हटाउ’ : अखिल (क्रान्तिकारी)

डेली न्युजराप्ती       १७ जेष्ठ २०८० ०९:५४ मा प्रकाशित     556 No Comments

दाङ । अखिल (क्रान्तिकारी)ले भारतीय संसदमा राखिएको नेपाली भूमि कपिलस्तु र लुम्बिनी नाम तत्काल हटाउन माग गरेको छ । संगठनले एक वक्तव्य जारी गर्दै उक्त अपिल गरेको हो ।संगठनले भनेको छ,’भारतीय प्रधानमन्त्रीले दिल्लीमा नयाँ संसद भवन उद्घाटन गर्दा सो संसद भवनमा राखेको भारतको नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तु लगाएत क्षेत्र समेत भारतको क्षेत्र भनि देखाएको विषय प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । एउटा स्वाधिन छिमेकिको भुभाग भारतले आफ्नो नक्सामा समेट्नु नेपाली स्वाधिनता माथीको ठाढो हस्तक्षेप मात्र नभै भारतीय साम्राज्यवादको छिमेकी प्रतिको अतिक्रमणकारी निति , सोच र व्यवहारको पराकाष्ठा हो।

यस बीच नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल आज जेठ १७ गते भारत भ्रमणमा जाँदै छन । यो भ्रमण बाट नेपालसंग गरिएका असमान सन्धी सम्झौता खारेजी र पुनरावलोकन तथा नक्सा प्रकरण बारे नेपालको भुमि आफ्नो संसदको नक्साबाट तुरुन्त हटाएर गल्ति सच्चाउन पहल गर्न पनि नेपाल सरकार संग माग गर्दछौं । संगठनले अन्यथा नेपाली युवा विद्यार्थी र नागरिकले स्वाधिनताको आन्दोलन मार्फत आफ्नो जमिनको रक्षा गर्ने चेतावनी पनि दिन चाहन्छौं । साथै यहि जेठ २० गते भारतिय दुतावासमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम भएकाले सम्पुर्ण युवा विद्यार्थीहरुलाई उपस्थितिका लागी आह्वान गर्दछौं।’भारतीय साम्राज्यवादले नेपालमा असमान सन्धि सम्झौता, असमान व्यापार तथा लिपुलेख, कालापानी, महेशपुर, सुस्ता लगाएत दर्जनौं सिमावर्ती ठाँउमा सिमा अतिक्रमण मार्फत नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता विरुद्ध साम्राज्यवादी हस्तक्षेप गरिरहेको छ । यसको विरोधमा नेपाली युवा विद्यार्थीहरु लगायत देशभक्तहरुले राष्ट्रिय स्वाधिनताको आन्दोलन समेत निरन्तर अगाडि बढाइरहेका छन । क्षेत्रीय शक्तिको रुपमा उदाँउदै गरेको भारत सिमा विवाद, आन्तरिक मामलामा हस्तक्षेप र अतिक्रमणकारी नितिका कारण आफ्ना सबै जसो छिमेकिहरु माझ विवादित छ । यहि विवादका कारण कतिपय छिमेकिहरु संगत युद्ध समेत भएका छन ।

बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार