काठमाडौं: माओवादी धारका कम्युनिस्ट पार्टी र संगठनहरुले असार ६ गते किसान दिवस (जुगेडी किसान विद्रोह दिवस) मनाउने भएका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट किसान संगठनले काठमाडौँ, अनामनगरस्थित संवाद डबलीमा साे दिवस मनाउँदै छ भने विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी चितवनले जुगेडी (घटनास्थल) मा मनाउने भएकाे छ ।
कार्यक्रममा विचार विमर्श हुनेछ भने किसान नेताहरुलाई अभिनन्दन गरिने जानकारी चितवन सचिव रुद्र सीले बताएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.